गुप्तेश्वर बहुमुखी क्याम्पसको नवाँै साधारणसभा सम्पन्न


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवौँ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ ।


क्याम्पसका संस्थापक अध्यक्ष खगराज शर्मा आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त साधारण सभामा क्याम्पसको भावि कार्यक्रम सहित समेटिएको शैक्षिक प्रतिवेदन क्याम्पस प्रमुख धर्मराज बरालले प्रस्तुत गरेका थिए ।


शिक्षा शास्त्र संकाय अन्र्तगत वि. एड् तथा व्यवस्थापनमा वि.वि.एस, एम.वि.एस, वि.एच.एम र वि.आई.एमका विषयहरुको पढाई सन्चालनमा रहेको क्याम्पस प्रमुख बरालले सो अवसरमा बताए ।


सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. भूपति ढकालले दूई लाख बाइस हजार दुई सय बाइस रुपैया बाइस पैसाको विद्यार्थी छात्रवृत्ति कोषको रकम समेत आफ्नो परिवारले प्रदान गर्ने घोषणा गरेका छन् ।


कार्यक्रममा क्याम्पसको आर्थिक प्रतिवेदन कोषाध्यक्ष यदुप्रसाद कडेंल, लेखासमितिको प्रतिवेदन रविलाल शर्माले र लेखा परिक्षण प्रतिवेदन समेत साधारण सभाले पास गरेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष भूपति ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख लेखनाथ वरालले गरेका थिए ।