लोकदोहोरीमय बन्दै बार्सिलोना



बार्सीलोना। नयाँ बर्षको सुरुवातसँगै स्पेनको बार्सिलोना लोकदोहोरीमय बन्ने भएको छ। चर्चित लोक तथा दोहोरी गायक गायिकाहरुको घम्साघम्सीले बार्सिलोना दोहोरीमय बन्ने भएको हो। कास्की समाज स्पेनले आगामी मंगलबार एक बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै यस्तो अबसर जुराएको हो।

हालै युरोपभ्रमणमा रहेका लोकतथा दोहोरी गायक,गायिकाहरु चोलेन्द्र पौडेल र ज्योति लोहोनी गुरुङले बेजोड प्रस्तुति राख्ने भएका छन्। लोकदोहोरी प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटाले पनि लोक दोहोरी माहोलमा झनै रौनक थप्दै छन्।

गायक पौडेल राष्टिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालका केन्द्रीय उप महासचिव पनि हुन।उनि सफल उद्घोषकका रुपमा पनि परिचित छन्। पौडल भन्छन्,”युरोपको साँगितिक यात्राको शिलशिलामा स्पेनको सुन्दर शहर बार्सिलोनामा आउँन हामी निकै उत्साहित छौ। स्पेनबासी नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गर्दछु।”

कलाकारहरुको टोलिले बेल्जियमका बिभिन्न शहरहरुमा प्रस्तुति राखेको छ भने जर्मनी,स्पेन र पोर्चुगलमा पनि कार्यक्रमहरु तय भईसकेको छ।

समाजका अध्यक्ष केदारनाथ ढुंगानाले कार्यक्रम सफल बनाउन स्पेनबासि  नेपाली समुदायलाई अनुरोध गरेका छन्। नेपाली लोकसंगीतको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै उनले निकै छोटो समय रहे पनि कार्यक्रम तयारीका लागि समाज जुटिसकेको बताए।

कार्यक्रमबारे पूर्ण बिबरण :-

मिति:- ८ जनवरी २०१९,मंगलबार,  

स्थान:- काईया सिसिलियाको हल

समय:- दिउँसो ४ बजे देखि राति १० बजे सम्म

टिकट शुल्क:- १० युरो ( १४ बर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क)

आयोजक:- कास्की समाज स्पेन