ईन्द्रेणी सहकारीद्धारा छोरेपाटन स्कुलमा अक्षयकोष स्थापना


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लि.ले छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ ।

संस्थाका सागर अधिकारीले विद्यालयका अध्यक्ष झपिन्द्रराज रेग्मी तथा प्रधानाध्यापक लक्ष्मण थापालाई मंगलबार विद्यालयको ४० औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेका छन् ।

इन्द्रेणी वचत तथा ऋण तथा सहकारी संस्था संरक्षक रहेको उक्त अक्षयकोषको वार्षिक व्याजबाट इन्द्रेणी सहकारी पुरस्कार हरेक वर्ष न्युन आय भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ ।