महालक्ष्मी सहकारीको १९ औं साधारण सभा सम्पन्न


पोखरा । पोखरा ९ नयाँ वजारमा रहेको महालक्ष्मी आर्थिक सहकारी संस्थाको १९ औं साधारण सभा बुधबार सम्पन्न भयो ।


सभाको उद्घाटन गर्दै प्रमुख अतिथि लेखनाथ वरालले शेयर सदस्यहरुको सक्रियताले नै सहकारी संस्थाहरु राम्रोसंग संचालन हुने भएकोले सबै शेयर सदस्यहरुले आफ्नै सहकारीबाट आर्थिक कारोवार गर्नुपर्ने वताए ।


संस्थाको आर्थिक क्रियाकलापमा उल्लेख्य योगदान गर्ने ऋण तथा असुली उपसमितिका सदस्य अम्बिका मोहन भट्टराईलाई सम्मान गरिएको थियो भने सम्पुर्ण कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।


संस्थाका कार्यबहाक अध्यक्ष गोपाल बरालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार ज्ञानेन्द्र राज पौडेलले शुभकामना मन्तव्य, सदस्य देविकुमारी वरालले सहकारीका सात सिद्धान्त वाचन, मेनुका पोख्रेलले स्वागत र संचालन सचिव अमृत शर्मा तिमिल्सिनाले गरेका थिए ।