कार्यक्रमको लागि मात्रै कार्यक्रम नगरिने ः वडा अध्यक्ष लामिछाने


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले आफुले कार्यक्रमको लागि मात्र गरिने कार्यक्रम पुर्ण रूपमा बन्द गरेको बताएका छन् ।


शनिबार पोखरा ९ दरबारथोक टोलमा रहेको चण्डीका आमा समुहको छैठौं साधारण सभामा वडा अध्यक्ष लामिछानेले गण्डकी प्रदेश र पोखरा महानगरपालिका कै केन्द्रमा रहेकोे ९ नं. वडाको समुचित बिकास कसरी गर्ने भन्ने मै वडा केन्द्रित रहेको बताउँदै कार्यक्रमको लागि कार्यक्रम गर्न कुनै वजेट निकासा नगरिएको वताएका हुन् ।


सो अबसरमा वडा सचीव लोकदर्शन कोइरालाले चण्डीका आमा समूहले सरसफाइ तथा संगठनात्मक कार्यहरु उत्कृष्ट रुपले गर्दै आएको बताए ।


कार्यक्रममा वडा सदस्यहरु राममाया मानन्धर, गिता चम्राकार, सुरेश खवास, नन्दराम गिरि, पत्रकार रमेश पौडेल, सल्लाहकार पुष्प कुमारी आचार्य, संस्थापक अध्यक्ष सरस्वती कोइराला लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।


संस्थाकी सचीव सिता नेपालीले संस्थाको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष देउमाया पुनले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।


आमा समुहकी अध्यक्ष बिमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तथा दरबारथोक योग केन्द्रकि अध्यक्ष गंगा सुबेदीले र संचालन सम्झना रानाभाटले गरेकी थिइन् ।