युरोप तिर गरौ है भेट,लाउछु माया भने झैँ पाए त



बार्सीलोना। चर्चित लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल र गायिका ज्योति लोहनी गुरुङ यति बेला युरोपलाई दोहोरीमय बनाईरहेका छन्। बेल्जियम र जर्मनीको कार्यक्रम सकेर स्पेनको बार्सिलोना उत्रने बित्तिकै यात्राको क्रममै दोहोरी सुनाए।

ज्योति:-गीत गाउनु पिरती लाउनु है

       हामी आयौ हजुर नि आउनु है।

चोलेन्द्र:- दोहोरी खेल्दै गरौला रमिता

       बार्सिलोना आई पुग्यौ हामी त

ज्योति:-सधै भरलाई सम्झना साँच्नि हो

आज भरे गाउने हो नाच्नी हो

चोलेन्द्र :-गीत गाउँछे लगाउछे मोहनी

     त्यसमाथि कन्य हो लोहनी

ज्योति:- स्पेन तिर गरौ है भेट

   लाउछु माया भने झैँ पाए त

अग्रेजी नयाँ बर्षको सुरुवातसँगै स्पेनको बार्सिलोना लोकदोहोरीमय बन्यो। कास्की समाज स्पेनले आगामी मंगलबार एक बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै यस्तो अबसर जुराएको हो। पौडेल र लोहनीको सांगीतिक जोडीलाई लोकदोहोरी प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटाले पनि साथ दिदै माहोलमा झनै रौनक थपिन्।

गायक पौडेल राष्टिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालका केन्द्रीय उप महासचिव पनि हुन्।उनि सफल उद्घोषकका रुपमा पनि परिचित छन्। पौडल भन्छन्,”युरोपमा दर्शक स्रोताहरु दोहोरीका सौखिन रहेछन्। आफ्नै गाउँ घर,पाखा,उकाली ओराली गर्दाका भाखाहरु सुनाउदा छमछमी नाचेको पाए।”

गायिका लोहनीको अनुभव पनि उस्तै नै रह्यो।”गाउ घरका भाकाहरु सुनाउदा आफ्नै जन्म ठाउँ पुगेको अनुभूति धेरैले गर्नु भयो। युरोपमा लोकदोहोरीको ठुलो क्रेज रहेको पाए.” उनले भनिन्।

बिभिन्न देशहरुमा पुगेर नेपालीहरुको मन जितिरहेका यी सांगीतिक जोडीको युरोप यात्रा भने पहिलो पटक हो। उनीहरु बिभिन्न मेला महोत्सवहरुमा समेत ब्यस्त कलाकारको रुपमा परिचित छन्। बेल्जियमका बिभिन्न शहरहरुमा प्रस्तुति राखेको यो जोडीले जर्मनी र स्पेनमा समेत स्टेज तताईसकेको छ। हाल कार्यक्रमकै लागि कलाकारहरु पोर्चुगल पुगेका छन्।