शिक्षक तथा अभिभावकलाई तालिम तथा प्रशिक्षण


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा रहेको एल.पि. देवकोटा मेमोरियन स्कुलको आयोजनामा शिक्षक/शिक्षिका तालिम तथा अभिभावक अन्तरक्रिया सम्पन्न भएको छ ।


तालिममा अध्ययन स्कुल काठमाण्डौका निर्देशक शरणकुमार अर्याल र नेपाल मण्टेश्वरी एशोसिसशन काठमाण्डौ जिल्ला काषाध्यक्ष विष्णु पोखरेल अर्यालले प्रशिक्षण दिएका थिए ।


सो अवसरमा विद्यालयका वोर्ड अफ डाइरेक्टर तथा संस्थापक विश्वनाथ आचार्य, प्राचार्य अम बहादुर रेग्मी, राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेशका निर्देशक हरिहर पौडेल, सहप्राचार्य भुवनेश्वर पौडेल, अभिभावक वासुदेव वरालले प्रशिक्षण शिक्षक तथा अभिभावकका विच नजिक ल्याउने तथा विद्यार्थीहरुको पठनपाठनमा योगदान दिने वताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक लिलाभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा दामोदर पौडेल, मदन कुमार मैनाली, लेखनाथ सुवेदीले प्रतिनिधित्व गरेको समुहले तयार पारेको परियोजना प्रस्तुत गरेका थिए ।


शिक्षक गणेश वराल र सविना भण्डारीले स्वागत तथा कार्यक्रम संचालन मदनकुमार मैनालीले गरेका थिए ।