रिता पौडेलको मेरो जोवनको चर्चा बढ्दै (भिडियाे सहित)


राजाराम पौडेल,पोखरा -गायिका रिता पौडेलको आवाजको गीत मेरो जोवनको चर्चा बढ्दै गएको छ । गीतको रचना र संगीत जय कुमार परियारले गरेका हुन् । परियारको संगीत र शब्दलाई न्याय गर्दै गायिका पौडेलले आवाज भरेको कारण गीतलाई संगीत प्रेमीले रुचाएका छन् ।

यो गीतको आर्कषण थप्नमा म्युजिक भिडियोले थप सहयोग गरेको छ । शिव विकको निर्देशनमा हर्षिका श्रेष्ठको अभिनय भिडियोमा हेर्न सकिन्छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई टेकेन्द्र शाहले उत्कृष्ट सम्पादन गरेका छन् । गीतलाई जय म्युजिकले हाइलाइट्स नेपाल मार्फत दर्शक श्रोतामाझ पस्केको हो ।

जय म्युजिकका सञ्चालक समेत रहेका संगीतकर्मी जय कुमार परियारले दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाएकोले आफुहरुलाई उर्जा थपेको बताए । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् । https://www.youtube.com/watch?v=yJyh28jmsjs