बिश्व कलाकार संघ नेपाल स्पेन शाखाले “सांगितिक साँझ” गर्दै


बार्सिलोना। बिश्व कलाकार संघ नेपाल स्पेन शाखाले सांगीतिक साँझको आयोजना गर्दै प्रथम बार्षिकोत्सव मनाउने भएको छ। “हाम्रो कला संस्कृति हाम्रो गहना,संरक्षण प्रर्वद्वन र बिकास नेपाली चाहाना” भन्दै संघले “सुमधुर सांगीतिक साँझ” आयोजना गरेको हो। जनवरी २६ तारिख शनिबार बार्सिलोनामा कार्यक्रम गर्ने स्पेन शाखाका अध्यक्ष डिक कार्कीले जानकारी दिए।

नेपाली तथा बिदेशी कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने उक्त कार्यक्रममा सहभागी बन्न नेपाली समुदायलाइ संघले अपिल समेत गरेको छ।

अध्यक्ष कार्की भन्छन्,”हामी यसपटक अलि फरक ढंगले कार्यक्रम गर्दै छौ। नेपाली समुदायबाट एकजना प्रतिनिधि,स्पेनको स्थानीय निकायबाट प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिने र नेपाली कला संस्कृतिमा योगदान पुर्याउने एक ब्यक्तिलाई सम्मान गर्ने छौ। अन्य संघ संस्थाका प्रतिनिधिहरुलाई हृदय देखि सम्मान गर्दै आसानग्रहण गराउने छौ तर कार्यक्रम संगीतमय बन्ने छ।”

नेपाली कला र संस्कृतिलाई बिदेशी माँझ चिनाउने प्रयास स्वरुप नेपाली बालबालिकाहरुलाई पनि कार्यक्रममा सहभागी गराउने उनले बताए। यस अभियानमा साथ दिन संघले नेपाली समुदायलाई अनुरोध समेत गरेको छ।

अध्यक्ष कार्कीले थप प्रष्ट पार्दै भने,’कार्यक्रम समयमा नै सुरु गरेर समयमा नै सक्ने प्रयास रहने छ। सम्पूर्ण संघ संस्थाहरुलाई संयुक्त रुपमा एउटै निमन्त्रणा पत्र पठाउने छौ। ग्रुप्र तथा फेसबुक मार्फत पनि निमन्त्रणा पुग्ने नै छ। तर संस्थाहरुलाई जर्बरजस्ती टिकट थमाउने भन्दा पनि नेपाली एकता र संस्कृतिका लागि उपस्थित हुन सादर अनुरोध र निमन्त्रणा गर्दछौ।”

कार्यक्रम बारे पूर्ण बिबरण:-

मिति:- जनवरी २६ तारिख शनिबार,२०१९

समय:- साँझ ५; ३० ढोका खुल्ला, ६ बजे देखि सुरु

स्थान:- c sants/79 cotxera de sants metro L1 & L5

टिकट शुल्क:- ५ युरो( १२ बर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क)