डेनमार्कको नेपालीहरुको ब्याडमिन्टन क्लबले फड्को मार्दै


नेपाली नेपाली डटकम सम्वादाता
कोपनहेगन । डेनमार्कको कोपनहेगनमा दर्ता भएर ब्याडमिन्टन सम्बन्धी आफना गतिविधी बधाई रहेको नेपाली समुदायको क्लब’ कोपनहेगन ग्रीन ब्याडमिन्टन क्लब’ ले स्थापना भएको दुइ वर्षमै ब्याडमिन्टन सम्बन्धी धेरै क्रियाकलाप गरेको कारण कोपनहेगन नगरपालीकाबाट धेरै सहयोग समेत पाएको छ र यो वर्ष पनि अझ धेरै सहयोग पाउने अपेक्षा क्लबको छ ।

क्लबको हालै सम्पन्न वार्षीक सभा तथा बैठकमा क्लबको व्यवस्थापन हेरफेर भएको छ । हाल नयाँ व्यवस्थापन गठन भएको छ । हालसम्म राजेन्द्र पौडेलको नेतृत्व पाएको क्लब अब तारणी प्रसाद जोशीको नेतृत्वमा अगाडी बढ्ने भएको छ जहाँ डा. खेम अधिकारीले उनलाई सघाउने छन् भने कोष हेर्ने जिम्मेवारी दीपक अधिकारीले पाएका छन् । क्लबका अन्य सदस्यहरुमा मुक्तिराम चापागाईं, नवराज आचार्य, पवन कुमार अधिकारी,राजेन्द्र पौडेल र प्रकाश ढकाल रहेका छन् ।

सोहि अवसरमा राज्नेंद्र पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो । यसैगरी जनसम्पर्क समिति डेनमार्कले यो वर्ष आयोजना गर्ने ब्याडमिन्टन खेल प्रतियोगीताको बारेमा जनसम्पर्क समितिका अध्यक्ष विरेन्द्र सिंह कार्की र जनसम्पर्क समितिका खेलकुद संयोजक श्रीधर सिलवालले आगामी प्रतियोगीताको बारेमा जानकारी दिएका थिए । प्रवासी नेपाली मंचका संयोजक शिव चापागाईंले संस्थाले प्रत्येक वर्ष आयोजना गर्ने इन्डोर भलिवलको बारेमा यो वर्ष हुने भलिवल प्रतियोगीताको बारेमा जानकारी दिएका थिए ।

कोपनहेगन ग्रीन ब्याडमिन्टन क्लबको पहलमा कोपनहेगन क्षत्रमा रहेका धेरै इन्डोर हलहरु नगरपालीकाले निशुल्क रुपमा उपलब्ध गराउंदै आएको छ । जहाँ नेपालीहरु आफनो अनुकुलताको समयमा ब्याडमिन्टन खेल्ने गर्छन । इन्डोर खेल भएकोले छुट्टि र समयको सदुपयोग तथा खेलको माध्यमबाट शरीर चुस्त दुरुस्त राख्न मद्धत पुग्ने भएकोले पछिल्लो समय नेपालीहरु माझ यो खेलाप्रती आकर्षण बढ्दो छ ।