कास्की सुपर स्टारमा तामाङ र पुन विजयी


पोखरा । संयुक्त फिल्मस् प्रालि तथा डान्स सेन्टर अमरसिंह चोकको आयोजनामा भएको कास्की सुपर स्टार २०७५ पहिलो सिजनको गायन तर्फ शुभाष तामाङ र नृत्य तर्फ सिमा पुन बिजेता भएका छन् ।

शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा भएको अन्तिम प्रतिस्पर्धामा गायन तर्फ सन्तोष पुन दोस्रो, शर्मिला गुरुङ तृतीय र सान्त्वना गोबिन्द तामाङ भएका छन् । त्यस्तै नृत्य तर्फ शुसान पुन दोस्रो, शर्मिला परियार तेस्रो र सान्त्वना खुशी गुरुङले प्राप्त गरे ।

कास्की सुपर स्टार टाइटल बिजेताले ५० हजार नगद, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र चौथोले १० हजार नगद साथमा सर्टिफिकेट, ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगिताको फाईनलमा नृत्यतर्फ २० जना र गायनतर्फ १० जना पुगेका थिए ।

आफ्नो प्रतिभालाई प्रस्फुटन गरौं, मौलिक कला र संस्कृतिको जगेर्ना गरौं भन्ने भावनाले ओतप्रोत भइ कास्की जिल्ला स्तरीय नृत्य तथा गायन प्रतियोगिता गरिएको प्रबन्ध निर्देशक मानबहादुर गुरुङले बताए ।