निशानी भदौ २७ देखि देशभर प्रर्दशन हुदै


भुपाल गुरुङ
पोखरा ३० साउन
सन १९९९ मा भारत र पाकिस्तानबीच भएको कारगील युद्धमा वीरगति प्राप्त गरेका गोर्खालीप्रति समर्पित विनोद सेरेङ द्धारा निर्देशित नेपाली चलचित्र निशानी भदौ २७ गते देखि देशभर प्रर्दशन हुने भएको छ ।
भदौमा रिलिज हुन गइरहेको चलचित्र ‘निशानी’ को प्रचारप्रसारका क्रममा पोखरा आइपुगेका निशानी टिमले निशानी फिल्म विर गोर्खालीले युद्धमा देखाएको बहादुरी लाई कथा मार्फत उतारेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक सेरेङले चुनौतिका बबजुत फिल्म निर्माण गरिएको बताए । निर्देशक सेरेङले इन्सास राइफल पड्काएको अनुभव शेयर गर्दै युद्धको इतिहास पर्दामा उतार्नु चुनौति पुर्ण भएको जिकिर गरेका हुन् ।
उनले फिल्ममा बढि मात्रमा हातहातियारको प्रयोग गर्नुपरेकाले चुनौति मोल्नुपरेको दावी गर्दै सुटिङ राम्रो गरि सम्पन्न भएको बताए । फिल्ममा पुर्व इन्डियन आइडल प्रशान्त तामाङ्गलाई नै किन रोज्नु भयो ? भन्ने पत्रकारको प्रश्नमा निर्देशक सेरेङले प्रशान्तलाई लाहुरेको भुमिका सुहाउने भएकाले प्रशान्तलाई नै प्रस्ताव गरिएको दावी गरे । उनले गोर्खाली गाथा बोकेको फिल्ममा अभिनाय गर्दा चुनौति मौल्नुपर्ने भन्दै यसका लागि प्रशान्त अनुभवि समेत भएको औल्याए ।
फिल्म लम्जुङ्गको घलेगाँउ, इलाम, र सिक्किममा छयाँङकन गरिएको हो । करिव ८० लाख लगानी रहेको निशानीमा प्रेम सुब्बा, पुर्व इन्डियन आइडल प्रशान्त तामाङ, सुरज रानाभाट, विष्णुु चेम्जोङलगायत कलाकारको मुख्य अभिनाय रहेको छ । चलचित्रमा पोखरेली नायीका अनु गुरुङले पहिलो पटक नेपाली चलचित्रमा डेब्बु गरेकीछिन । अनुले फिल्ममा लम्जुङ्गको घलेगाँउको सुवेदारको छोरीको भुमिका निर्वाह गरेको बताइन् ।
उनले फिल्ममा पहिलो पटक अभिनाय गरेको अनुभाव सुनाउदै निशानीले अगामी कलाकारीताको यात्रा तय गर्ने बताइन् । त्यसैगरि अर्का अभिनेतृ विष्णु चेम्जोङले फिल्म सम्पुर्ण नेपालीहरुका निमिक्त बनेको बताउदै यसले नेपाली चलचित्रमा नयाँ आयम ल्याउने दावी गरिन् । चलचित्र उद्योगले नयाँ स्वादको फिल्म खोजिरहेको बताउदै त्यो निशानीमा पाउने उनको जिकिर छ ।
यसअघि पनि लाहुरेको कथामा धेरै चलचित्र बनाइए पनि कारगिलमा ज्यान विरगति प्राप्त गरेका गोर्खालीको इतिहासलाई कतै नउठाइएकाले ‘निशानी’ टिमले दावी गरेको छ । स्मारण होस् उक्त ‘खलबार’ युद्धमा १४ गोर्खालीले वीरगति प्राप्त गरेका थिए ।
नेपाली ‘गोर्खाली’ को बीरगाथा उजागर गरिएको फिल्म ‘निशानी’ सिनाई कर्मसिय प्रालिको ब्यानरमा सरोज भण्डरी र ललिता धौभाडेल सेरेङले निर्माण गरेका हुन् ।