निलगिरी सहकारीद्धारा मानव आश्रमलाई नगद सहयोग


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा रहेको निलगिरी वचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई नगद सहयोग गरेको छ ।

बुधबार पोखरा–१७, छोरेपाटनमा रहेको मानव सेवा आश्रममा गई सहकारीका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेल, पुर्व अध्यक्ष कालिदास पौडेल र वर्तमान अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा ३० हजार तिन सय ३३ रुपैयाको चेक आश्रमका अभियान्ता राजन सापकोटालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेलले संस्थाले सामाजिक उत्तर दायित्व वहन अन्तरगत गरेका सामाजिक कार्यको वारेमा जानकारी दिएका थिए ।

त्यस्तै आश्रमका अभियान्ता राजन सापकोटाले लक्ष्मीनाराणहरुको सेवामा अगाडि वढ्ने सहयोगी हातहरुलाई सदैव स्वागत गरिने वताएका थिए ।

कार्यक्रममा आश्रममा रहेका लक्ष्मीनाराणहरुको साथै सहकारीका संचालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सहकारीका अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रवि प्रसाद वरालले गरेका थिए ।