क्षेत्रीको उपचारका लागि ४ लाख बढि संकलन


काठमाडौं । काठमाडौंको न्युरो हस्पिटलमा उपचारार्थ भर्ना भएकी पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. ४, चौडिला निवासी तिलकुमारी क्षेत्रीको उपचारको लागि ४ लाख बढि सहयोग संकलन भएको छ ।

वैदेशिक रोजगारीको लागि जापानमा रहेका ख्याम क्षेत्रीले ८० हजार पाँच सय, कोरियामा हुने विरबहादुर क्षेत्रीले ५० हजार, भारत निवासी याम क्षेत्रीले ५० हजार, मैदानाका देवबहादुर क्षेत्रीले ४० हजार, युके निवासी गंगा पुरीले २५ हजार, कुवेत निवासी मैना क्षेत्रीले २० हजार, युकेका रुद्र क्षेत्रीले १५ हजार, काण्ठमाडौंकी शुशिला क्षेत्रीले १५ हजार, कोरिया निवासी कृष्ण क्षेत्रीले १० हजार, मैदानाका शेरबहादुर क्षेत्रीले १० हजार र अन्य सहयोगीहरुको गरेर अहिले सम्म ४ लाख १६ हजार सहयोग प्राप्त भएको छोरी देउमाया क्षेत्रीले वताईन।

हस्पिटलमा दैनिक १५ हजारदेखि ४० हजारसम्मको औषधि उपचार खर्च लाग्ने गरेको र आफुसंग भएको र ऋण गरि करिव १४ लाखभन्दा बढि खर्च भइसकेको वताउँदै अझै कति लाग्ने हो केही थाहा नभएको उनले वताईन्।

क्षेत्रीको गत पौष २ गतेदेखि काठमाडौंको न्युरो हस्पिटलमा टाउकाको उपचार भइरहेको छ । उनको पारिवारिक स्थिति कमजोर भएकोले जिवन रक्षाको लागि आर्थिक सहयोगको याचना गरिएको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भए पछि सहयोग आउन थालेको उनले वताईन् ।

उनले सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई गंगाकुमारी क्षेत्रीको नाममा एनआईसी बैंकमा रहेको खाता नं. ६४०२०१३६७८२५२४०१ मा सहयोग जम्मा गरिदिनुहुन तथा फोन नं. ९८२३०३२३२८, ९८१४१०९२१० र ९८१८२१२०१० मा सम्पर्क गरी सहयोग गर्न सकिने वताईन् ।