राजदूत धिताललाई एनआरएनए स्विट्जरल्याण्डले बिदाइ गर्दै



स्विट्जरल्याण्ड। जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि दीपक धिताल आफ्नो कार्यकाल पुरा गरेर नेपाल फर्कन लागेका छन्। स्विट्जरल्याण्ड स्थित नेपाली राजदूताबासका राजदूत धिताल झन्डै ५ बर्ष दूताबासमा काम गरेर नेपाल फर्कन लागेका हुन्।

राजदूत धितालको बिदाइमा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले आगामी साता कार्यक्रमको आयोजना गरेको छ। संघले फेब्रुअरी  १७ तारिख बेर्नमा राजदूत धिताललाई नेपाली समुदाय माँझ बिदाइ गर्न लागेको हो। राजदूत धितालले दूतावासमा काम गरेको झन्डै ५ वर्ष काम गरेका थिए।

राजदूत धितालको बिदाइसँगै जेनेभा स्थित संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधिको रुपमा मणिप्रसाद भट्टराई मार्च पहिलो साता स्विट्जरल्याण्ड आउने भएका छन्।

तपाईको प्रतिक्रिया