एनआरएनएको संजाल अव ८० मुलुकमा, माल्टा बन्यो युरोपको २८ औ शाखा



 स्पेन। गैर आबासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ८० औ शाखा बिस्तार गरेको छ। युरोपेली मुलुक माल्टामा राष्ट्रिय समन्वय परिषद गठन भएपछि संघको वर्चश्व ८० देशसम्म फैलिएको हो। यो सँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु पुगेका छन्।

मंगलबार माल्टाका गैर आबासीय नेपालीहरुको एक भेलाले तेज वहादुर लिम्वुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। एनआरएनए युरोप क्षेत्रका संयोजक शिव कुमार बरुवालले युरोपमा नयाँ राष्ट्रिय समन्वय परिषद थपिएको भन्दै खुशी ब्यक्त गरे।

माल्टा देखि कुराकानी गर्दै युरोप संयोजक वरुवालले भने,”झन्डै ४ हजार नेपालीहरु रहेको मुलकलाई हामीले नयाँ सदस्यको रुपमा थपेका छौ। यो सँगै युरोपमा २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन्। माल्टाका गैर आबासीय नेपालीहरुको उत्साह देखेर एनआरएन अभियानमा नयाँ ईटा थपिएको अनुभव गरेका छौ।”

एनआरएनए केन्द्रिय उपाध्यक्ष कुमार पन्तले प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गरेका थिए। एनआरएनए राष्ट्रिय समन्वय परिषद माल्टा गठनका लागि बेल्जियम,युके,जर्मनी लगायतका मुलुकहरुबाट एनआरएन अभियन्ताहरु तथा पत्रकार माल्टा पुगेका थिए।

यस्तो छ तदर्थ समिति :-

लिम्वुको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षहरुमा रेमलाल खनाल, कृष्ण थापा, महासचिवमा सन्देश केसी, सचिव शंकर पोखरेल, कोषाध्यक्ष सन्दिन पोखरेल र सहकोषाध्यक्ष सरिता राई चयन भएकी छन्।

यस्तै  महिला संयोजकमा शुष्मा राई, युवा संयोजक रोसन गिरी  चयन भए। समितिको सदस्यहरु शुसिल अधिकारी, वासुदेव अधिकारी, राजिव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ,कुलचन्द्र गौतम, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता शेढाई, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय,अर्विन पौडेल, दिपक खनाल, विरेन्द्र घिमिरे र मनिष अर्याल रहेका छन्।