पोखरा थिएटरले वार्षिकोत्सव मनायो, फागुन १५ देखि अन्तराष्ट्रिय नाटक महोत्सव हुने



राजाराम पौडेल,पोखरा – पोखरा थिएटरले सञ्चालनमा आएको प्रथम वर्ष पुरा भई द्धितिय वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहिबार एक कार्यक्रमको आयोजना गर्यो‍ । गन्धर्व नाटकघरमा आयोजित कार्यक्रममा बोल्ने वक्त्ताहरुले पोखरामा नाटकघर सञ्चालनमा आएपछिको पहिलो वर्ष सुखद भएपनि यसको दिगोपनाको लागि सबैको सर्पोट आवश्यक पर्ने कुरामा जोड दिए ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकरप्रसाद बाँस्ताेलाले पोखराको रंगकर्मको लागि वडा तथा महानगरपालिकाबाट दिर्घकालिन योजना पार्ने प्रयास आफुले गर्ने उनले वाचा गरे । ‘रंगकर्मको लागि राज्यले सहयोग गर्नुपर्छ, यसको लागि सबैलाई बुझाउन जरुरी छ’ उनले भने । शुरुमा आफु पनि केहि अलमलिएको उनले सुनाए । जब थिएटरको बारेमा बुझे त्यसपछाडी यसको विकासको लागि आफ्नो ठाउँबाट पहल र सहयोग गर्न तत्पर बनेको उनले बताए ।


पोखरा थिएटरका क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर सञ्चालन गर्दाका केहि अनुभव सुनाए । एक वर्षको अवधिमा थिएटरले उल्लेखनीय कार्य गरेपनि यसको दिगोपनाको लागि चुनौती रहेको उनले सुनाए । यसको लागि सबैतर्फबाट साथ र सहयोग मिल्नेमा आफु आशावादी रहेको उनले बताए ।
युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले पोखरेली नाट्य क्षेत्रलाई अगाडी बढाउन सबै हातेमालो गरी अगाडी बढ्नुपर्ने बताए । पोखरा थिएटर र युथ क्रियशन थिएटरको मिलेरै पोखराको नाट्य क्षेत्रमा अगाडी बढ्ने उनले सुनाए । ‘पोखरा नाटक हेर्छ’ अभियान सञ्चालन गरी नाट्य क्षेत्र तर्फको आर्कषण बढाउन सबै लाग्नुृपर्ने उनको भनाइ थियो ।
वरिष्ठ कलाकार प्रकाश घिमिरेले पोखराको रंगमञ्चलाई चलायमान बनाउन पोखरा थिएटरले खेलेको भुमिकाप्रति प्रशंसा गरे । पोखरा थिएटरले नाट्य क्षेत्रमा गर्ने कार्यलाई सधै साथ सर्पोट गर्दै अगाडी बढ्ने उनको वाचा थियो । जिफानका संस्थापक अध्यक्ष समेत रहेका कलाकार माओत्से गुरुङले पोखरा थिएटरकै कारण १८ वर्षपछि पुनः रंगमञ्चमा फर्कन पाएको भन्दै खुशी व्यक्त गरे । पोखरा थिएटरका प्रमुख संरक्षक शंकरनाथ कोइरालाको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा स्वागत थिएटरका संस्थापक दिल प्रसाद गुरुङले गरे ।

प्रथम वार्षिकोत्सवको अवसरमा थिएटरले वेभसाइट समेत लञ्च गरियोे । सोही अवसरमा पोखरा थिएटरले विभिन्न समयमा आयोजनाको गरेको अभिनय कार्यशालामा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरियो । पोखरा थिएटरको उद्घाटन २०७४ फागुन २ गते गरिएको थियो । एक वर्षको अवधिमा यहाँ विभिन्न २३ वटा नाटक मञ्चन भए । जसमध्ये पोखरा थिएटरको आफ्नै प्रस्तुतीका ५ नाटक थिए ।
यसैबिच पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ आयोजना हुने भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटक महोत्सव फागुन २२ गतेसम्म चल्नेछ । महोत्सवमा मेसेडोनिया, भारत, श्रीलङ्काका र नेपालका गरी ८ वटा नाटक मञ्चन गरिनेछ ।
महोत्सवमा नाटक मञ्चनका अतिरिक्त साँस्कृतिक झाँकिहरु, फोटो प्रर्दशनी, दैनिक अन्र्तक्रिया लगायतका कार्यक्रम समेत गरिने महोत्सव निर्देशक परिवर्तनले बताउँछन् । महोत्सवले नेपाली रंगमञ्चिय कला र संस्कृतिलाई जगेर्ना गर्दै साँस्कृतिक पर्यटनको माध्यमबाट संसारभर फैलाउन सहयोग पु¥याउने विश्वास पोखरा थिएटरका अध्यक्ष समेत रहेका उनले गरे ।
महोत्सवमा भारतको ब्लाक एण्ड ह्वाइट र इन ट्रान्जीट, श्रीलङ्काको लव एण्ड लाइफ, मेसेडोनियाको प्राइभेट कन्फेन्सन, नेपालका मेमोरी यार्ड, गैडा टाइम्स, निरमाया र घेरो नाटक मञ्चन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । महोत्सव सम्पन्न गर्न ६१ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।