स्पेनमा एनआरएनए कप फुटबल प्रतियोगिता हुँदै 


खेल हुने मैदान



बार्सिलोना/ स्पेनमा एनआरएनए कप फुटबल प्रतियोगिता हुने भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा बार्सिलोनामा प्रतियोगिता हुन लागेको हो। आगामी मार्च ३ तारिख आईतबार प्रतियोगिता आयोजना गरिएको एनआरएनए स्पेनका सचिव दिनेश गिरीले जानकारी दिए। संघमा खेलकुद बिभाग संयोजक रहेका गिरीले छिट्टै टिम दर्ता गर्नका लागि स्पेनबासि संघ संस्थाहरुलाई अनुरोध गरेका छन्। टिम दर्ता शुल्क एक सय युरो रहेको छ।

प्रतियोगितामा स्पेन स्थित संघ सस्थाहरुले आ- आफ्नो टिम बनाउँदै प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताको बिजेता र उपबिजेतालाई क्रमश: ५०१ युरो र ३०१ युरो नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।

यस अघि संघले दिपावलीको अबसरमा प्रतियोगिता गर्दै आएको थियो।

प्रतियोगिता बारे जानकारी :-

  • प्रतिस्पर्धा:- मार्च ३ गते आईतबार
  • समय:- दिउँसो २ बजे देखि
  • स्थान:- FC Can Buxeres
  • Ctra. Esplugues, s/n, 08906 L’Hospitalet de Llobregat, Barcelona
  • टिमदर्ता गर्ने अन्तिम मिति:- मार्च २ तारिख बेलुकी ७ बजे सम्म
  • आयोजक:- एनआरएनए स्पेन