खहरे आमा समुहको पाँचौ साधारण सभा सम्पन्न


पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ खहरेमा रहेका खहरे आमा समुहको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले पुनः मैया भट्टराई थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरी बुधबार सम्पन्न भएको छ।

सभाको वडा नं. ६ का वडा अध्यक्ष जगत पहारीले उद्घाटन गर्दै आमा समुहले गरेका कार्यहरु अनुकरणिय रहेको वताउँदै आमा दिदिबहिनीहरुलाई दाजुभाईहरुले पनि साथ र सहयोग गर्नु पर्ने वताउँनु भयो ।

सो अवसरमा संस्थापक अध्यक्ष नानी मैया सिग्देल, राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समिति तथा पोखरा उपत्यका वृहत सरसफाई अभियानका संयोजक रामबहादुर पौडेल, खहरे टोल विकास समितिका अध्यक्ष गणेश पहारी, पर्यटन महिला मञ्चकी जमुना पराजुली, सामुदायिक सेवा केन्द्रकी मीना भट्टराई, छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापा, साइनिङ स्टार स्कुलका प्रिन्सिपल अर्जुन पाण्डे, वाल क्लबकी अध्यक्ष प्रेरणा पराजुली, सम्मानितको तर्फबाट इमनाथ जैसी, सदस्यहरुको तर्फबाट मनु थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कानुनी सल्लाहकार सुर्यप्रसाद तिमिल्सिना, निरज थापा, मनिषा थापा, हरिकृष्ण पहारी, कमल भूजेल, रुद्रप्रसाद गुरुङ, पद्मा गुरुङ, इमनाथ जैसी, लक्ष्मी थापा, राधा पहारी, मंगली जलारी, जय संतोषी हस्तकला उद्योग, खहरे दाजुभाई समुह, खहरे टोल विकास संस्था, गोपी भट्टराई, सोवित परियार, सुजन गुरुङ, मीना रानाभाटलाई सम्मान गरिएको थियो ।

समितिकी अध्यक्ष मैया भट्टराई थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जना पहारीले र संचालन सचिव पम्फा थापाले गर्नुभएको थियो ।