रिमझिममा विशेष साँगीतिक साँझ सुरु



राजाराम पौडेल, पोखरा – पोखरा बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ सुरु भएको छ । रिमझिम दोहोरी साँझ स्थापनाको चार वर्ष पुगेको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । फागुन २१ गते बाट सुरु भएको विशेष साँगीतिक साँझ फागुन २५ गतेसम्म जारी रहनेछ ।
विशेष सांगीतिक साँझ अवधिभरमा प्रजापती पराजुली, प्रिति आलेमगर, शिव हमाल, तारापती सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शंकर विरही गुरुङ, तारानाथ आचार्य, घनश्याम रिजाल, माया गुरुङ, शिवहरी ढुङ्गाना, ईश्वर सिँहले पालैपालो आफ्नो प्रस्तुती राख्नेछन् । पुरुषोत्तम न्यौपाने र कुमार पुनको प्रस्तुती भने हरेक दिन हुनेछ ।
नियमित कलाकारको रुपमा श्रीराम अधिकारी, सुर्य पाण्डे, शान्ति डोटेल, विनु ल्वागुन, कुमारी बुढा मगर, कमला न्यौपाने, करिष्मा विक, निर्मला सुनार, दुर्गा सुनार, संगम पाण्डे, सन्तोष बगर, भोगेन्द्र अधिकारी, भाष्कर, धन्जु, कृष्ण सेन्चुरी, किरण गुरुङले आफ्नो प्रस्तुती राखिरहेका छन् ।
साँझ ७ बजेबाट सुरु हुने साँगीतिक कार्यक्रम राती ११ बजे सम्म जारी रहन्छ । यो दोहोरी साँझ लोकप्रिय लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेको नेतृत्वमा सञ्चालनमा आएको हो । १६ जना कलाकारहरुसहित ३५ जनाले यहाँ रोजगारी पाएका छन् । विभिन्न स्वादिष्ट परिकारको स्वाद चाख्दै दोहोरीको आनन्द यहाँ लिन पाइन्छ । अब छिट्टै दिउँसोको समयमा खाजा घरको रुपमा समेत यसको सेवा विस्तार गरिने सञ्चालक पुरुषोत्तम न्यौपानेले जनाए ।