कर्मफ्लाईट्सद्धारा गोर्खाका विद्यालयहरुमा पुस्तकालय स्थापना


पोखरा । विगत ४ वर्षदेखि गोरखा जिल्लामा शिक्षा क्षेत्रमा क्रियाशिल कर्मफ्लाईट्स् फाउन्डेशन नेपाल पोखराले हालै तीनवटा विद्यालयमा एक विद्यालय एक पुस्तकालय कार्यक्रम अन्र्तगत पुस्तकालय हस्तारन्तरण गरेकोे छ ।

भुकम्पको दिगो पुनर्लाभ परियोजना अन्तर्गत संस्थाले संवन्धित गाँउपालिकाको समन्वयमा धार्चे–२ को केरौजा मावि. केरौजा, जनजागृति आधारभुत विद्यालय, माछीखोला र बारपाक सुलिकोट गापा–२, मान्द्रेको भगवती आविमा फर्निचर पुस्तक सहितको पुस्तकालय हस्तान्तरण गरिएको संस्थाका निर्देशन प्रेमबहादुर कुँवरले जानकारी दिए ।

माछीखोलाको जनजागृति आविमा गाँउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत लालप्रसाद भट्टराई र विव्यस अध्यक्ष दिनेश गुरुङ्गले ८३ हजार सात सय ८४ रुपैया लागतको पुस्तक तथा फर्निचर हस्तान्तरण गरिएको प्रअ सुर्यमान गुरुङ्गले जानकारी दिए ।

कार्यक्रममा बोल्दै भट्टराईले संस्थाले प्रदान गरेको पुस्तकालय गाउँपालिका केन्द्रको विद्यालयमा रहेकाले यसले विद्यालय र समुदायलाई जोड्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने वताए । साथै गाँउपालिकाको पर्यटक सुचना केन्द्र संञ्चालनको लागि संस्थाले एक मल्टिमिडिया प्रोजेक्टर पनि हस्तारन्तरण गरेको छ ।

त्यस्तै केरौजा माविको परिसरमा करिब चार सय ३० जना विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा वडाध्यक्ष सुवबहादुर गुरुङ्गको प्रमुख अतिथ्यतामा पुस्तकालयको हस्तारन्तरण गरिएको छ ।

सदरमुकामबाट २२ कोष टाढा तथा सडक सञ्जालले अहिलेसम्म नछोएको केरौजा बस्तीमा गाँउपालिकाकै एक मात्र माविमा भएपनि हालसम्म पुस्तकालय नभएको अवस्थामा कर्मफ्लाईटस्ले पढौं र पढाआंै अभियान यहाँसम्म ल्याईपु¥याई दिएकोमा वडाध्यक्ष गुरुङ्गले आभार प्रकट गरे ।

हल्याण्डकी म्याडलोनकाइसले साथीभाई तथा आफ्नो विद्यालयबाट रकम संकलन गरि कर्मफ्लाईटस् मार्फत् पुस्तकालय स्थापना गर्न पाउँदा हर्षले भाव विभोर भएको बताईन् । संस्थाले करीब एक हजार पुस्तक, दराज, फर्निचर लगायतको प्याकेज सहित एक लाख ८५ चार सय ४३ को लागतमा पुस्तकालय स्थापना गरेको छ ।

सोहि अवसरमा आईसीटी कम्प्युटर ल्यावको स्थापना गर्ने बारेमा अन्तर क्रियात्मक छलफल भएको छ । एडुटेक नेपालका आकाश दासले कर्मफाईटस् फाउन्डेशनको सहकार्यमा विद्यालयमा मापदण्ड पु¥याएर आईसीटी ल्याव स्थापना गर्नेे बताएका थिए ।

यसैगरि बारपाक सुलिकोट–४, रन्चोकको दुर्गा माविमा पनि फाउन्डेशनले आईसीटी कम्प्युटर ल्याव स्थापना गर्ने लक्ष्य राखेकोे छ । विद्यालयका अध्यक्ष गुरुङ्गको अध्यक्षतामा विद्यालय परिसरमा भएको अन्र्तरकियामा सुविधा सम्पन्न आईसीटी ल्याव स्थापना गर्ने विषयमा सरोकारवालाहरु सकरात्मक भएको प्रअ सन्तबहादुर गुरुङ्गले बताए ।

त्यसैगरी भगवती आवि, बारपाक, सुलिकोट–२, मान्द्रेमा पनि पुस्तकालय हस्तारन्तरण गरिएको छ । अष्ट्रेलियाकी क्याथरिन बेरीकी आमाको ६० औ जन्मोत्सवको अवसरमा आफन्तजन तथा साथीभाईको सहयोगमा करिव एक लाख २ हजार रुपैयाको लागतमा दराज फर्निचर र एक हजार प्रति विभिन्न विधाका पुस्तक सहितको पुस्तकालयको हस्तान्तरण लिदै वडा सदस्य ज्ञानुमाया गुरुङ्गले कर्मफ्लाईटस् र मान्द्रेको सम्वन्ध अब भुकम्प मात्र नभएर शैक्षिक प्रगति र समृद्धिसँग पनि गाँसिएको बताइन् ।

कार्यक्रमको सञ्चालन पुस्तकालय कार्यक्रमका संयोजक शिक्षक सीताराम दवाडीले गरेका थिए भने विद्यार्थीहरुले पुस्तकालय दाताको जन्मदिनको शुभ कामना गीत गाएर हार्दिकता प्रदान गरेका थिए ।

यसै क्रममा कर्म फ्लाईटस् संस्थाले संवन्धित सरोकारवालाहरुको सहभागीतामा बारपाक सुलिकोट वडा नं २, ३ र ४ अन्तर्गतका आफ्नो कार्य क्षेत्रमा सञ्चालित कार्यक्रमको बारेमा सहायक प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पनेरुको अध्यक्षतामा छलफल तथा अन्तक्रियाको आयोजना ग¥यो जसमा दुर्गा मावि रञ्चोक (सौरपानी–४) उलाजुङ्ग आवि (सौरपानी–३, स्वाँरा) स्तुल आवि (सौरपानी–३, स्वाँरा) लगायतका प्रअ तथा विव्यस अध्यक्ष तथा गापा शिक्षा समितिका सदस्य मोहन ढकालको उपस्थिति रहेको स्तूल प्राविका प्रअ तिलप्रसाद तिवारीले बताए ।

संस्थाले वडाहरुका विद्यालयको भौतिक पूर्वाधार निर्माणमा म्याचिङ फन्ड, विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता, दिवा खाजा कार्यक्रम, एक विद्यालय एक पुस्तकालय, भुकम्प–अनाथ–आफन्तजन छात्रवृति, निशुल्क स्वास्थ्य शिविर तथा आईसीटी कम्प्युटर ल्याव परियोजना अन्तर्गत काम गर्ने बारे छलफल गरिएको थियो । संस्थाले बारपाक सुलिकोट–३, स्वाँरामा आगामि चैत्र १७ र १८ गते निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गर्ने कर्मफ्लाईट्सले जनाएको छ ।