खेलकुद पत्रकार मञ्चको अध्यक्षमा गिरी


नेपाल  खेलकुद पत्रकार मञ्च गण्डकीको शनिबार पोखरामा सम्पन्न  प्रथम अधिबेशनले एकराज गिरीको अध्यक्षतामा  नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

गिरीले  २४ मत ल्याउदा  प्रतिष्पर्धी दिनानाथ बराललाइ २३ मत

गिरीले  २४ मत ल्याउदा  प्रतिष्पर्धी दिनानाथ बराललाइ २३ मत प्राप्त भयो ।  १ मतले गिरीले बराललाइ  पराजित गरेका हुन  । अन्य पदाधिकारी र सदस्य निर्बिरोध चयन भएको निर्बाचन समितिले पोखरा पोष्टलाई जानकारी दिएको छ ।

उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिबमा बिजय नेपाल, सचिबमा राजाराम पौडेल र कोषाध्यक्षमा शशी पौडेल चयन भए। त्यसैगरि  सदस्यहरुमा  खुल्ला तर्फ  उमेश पुन, नारायण शाही, रोशन अधिकारी चयन भए भने दलिततर्फ शुशिल नेपाली चयन भए । महिलातर्फ  कबिता घर्ती मगर र आदिवासी जनजातितर्फ गीता रानामगर चयन भए । तीन बर्षे कार्यकाल रहेको समिति जिल्लाबाट प्रादेशिक स्तरमा रुपान्तरण भएको बताइएको छ।