कास्की समाज स्पेनले नयाँ बर्षमा भित्तेपात्रो प्रकाशन गर्ने


फाईल तस्बिर


बार्सिलोना/ कास्की समाज स्पेनले नेपाली नयाँ बर्षको अबसरमा भित्तेपात्रो प्रकाशन गर्ने भएको छ। गत बर्ष जस्तै यसपटक पनि समाजले स्पेनबासी नेपाली समुदायका लागि नेपाली भित्तेपात्रो ल्याउने भएको हो।

समाजका महासचिव गोबिन्द तिमिल्सिनाको संयोजकत्वमा प्रकाशन समिति गठन गर्दै तयारी थालिएको समाजले जनाएको छ।भित्तेपात्रोमा गतबर्ष जस्तै शुभकामाना बिज्ञापन प्रायोजनका लागि समाजले स्पेनबासि नेपाली समुदायलाई अनुरोध समेत गरेको छ।

यस्तै समाजले आगामी मार्च ३१ तारिख साधारणसभा गर्नका लागि उपाध्यक्ष कुमार गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ। साधारणसभामा समाजको आयव्यय लगायत बाँकी रहेका कार्ययोजनाको बारेमा बृहत छलफल हुने समाजका अध्यक्ष केदारनाथ ढुंगानाले जानकारी दिए।

यसैबीच समाजले पोखराको पुम्दीकोटमा निर्माणधिन बिशाल महादेवको मुर्ती सहित पर्यटन पुर्वाधार संरचनाका लागि आर्थिक सहयोग गर्ने भएको छ। एक समिति गठन गर्दै हरेक बर्ष गरिने परोपकारी काम अन्तर्गत यस पटक पुम्दीकोटमा सहयोग गर्ने भएको हो।