पोखरा फाइनान्स २३ औं वर्षमा प्रवेश


पोखरा । पोखरा–९, न्यृ्राडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको थियो । संस्थाको बाँझापाटनस्थित शाखा कार्यालयबाट शुरु गरि उक्त ¥याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरेको थियो ।

यस्तै गरी संस्थाले आईतवार शैलुङ टोल सुधार समिति, कुँडहर र काहँुखोला टोल विकास समितिमा डस्टविन वितरण गर्नुृका साथै प्रधान कार्यालयको प्राङ्गणमा रक्तदान गरेका थियो । रक्तदान कार्यक्रम क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा भएको थियो र उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन गरिएको थियो ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु काठमाण्डौंको गोंगवु र ललितपुरको मानभवन कुमारीपाटी बजार क्षेत्रमा एवं एक एक्सटेन्सन काउण्टर कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा स्थापना गरिने संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले वताए ।