पोखरामा मनाइयो विश्व रंगमञ्च दिवस


राजाराम पौडेल, पोखरा – विश्व रंगमञ्च दिवस पोखरामा मनाइएको छ । दिवसको अवसरमा बुधबार पोखरा थिएटरको आयोजनामा ‘नाटक हेर्छ पोखरा’ शिषर्कको कार्यक्रम आयोजना ग¥यो ।

गन्र्धव नाटकघर ग्रैहापाटनमा आयोजित कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य एकेडेमीका निवर्तमान कुलपती समेत रहेका वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले नाटक लेखन देखि मञ्चनसम्म थुप्रै चुनौतीहरु रहेको बताए । रंगमञ्चको यात्रालाई अगाडी बढाउन अध्ययन आवश्यक पर्ने बताए । पछिल्लो क्रममा अध्ययन नगरी यो क्षेत्रमा आउनेहरु बढी भएकोमा उनको चिन्ता थियो । ‘नाटक हेर्छ पोखरा भने जस्र्तै नाटक पढ्छ पोखरा हुनुपर्छ’ श्रेष्ठले भने । नाटकको भविष्य कता जादैछ त्यसतर्फ सचेत बन्दै अगाडी बढ्नुपर्नेमा उनको जोड थियो । पछिल्लो समयमा रंगमञ्चिय गतिविधि पोखरामा हुने क्रममा वृद्धि भएपनि यसलाई टिकाउन सबैको साथ सहयोग र मेहनत आवश्यक पर्नेमा उनको जोड थियो ।


कार्यक्रममका प्रमुख वत्ता कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठले पोखराको नाट्य इतिहासको बारेमा प्रष्ट पारे । पोखरा थिएटर सञ्चालनमा आएपछि एकवर्षको अवधिमा राष्ट्रिय नाटक महोत्सव र अन्तरराष्ट्रिय नाटक महोत्सवको आयोजना हुनु पोखरेली रंग क्षेत्रको लागि सौभाग्य भएको उनले बताए । नाट्य क्षेत्रको लागि राज्यको सहयोग सर्पोट नुहँदा पनि व्यक्तिगत तथा संस्थागत रुपमा रंगमञ्चको यात्रा अगाडी बढेको उनको भनाइ थियो । ‘कर्मचारी पाल्न नसक्ने एकेडेमीबाट हामीले के आशा गर्ने’ उनले भने । नाटकविधा राज्यबाट आरक्षित हुनुपर्नेमा उनको जोड थियो । महानगर र प्रदेशको साँँस्कृतिक निति नहुँदा समेत नाट्यक्षेत्रलाई अगाडी बढाउन समस्या भएको उनले सुनाए । यति हुँदाहुदै पनि नाटक देखाउनुपर्छ, नाटक हेरिनुपर्छ भन्ने प्रयत्नले नाट्य क्षेत्र अगाडी बढेको उनले सुनाए । सबैको साथ र सर्पोट भएमा लामो इतिहास बनाएको पोखरेली रंगमञ्चको भविष्य सुमधुर रहने उनको विश्वास थियो । उनले धनशमशेरको पालादेखि सुरुभएको पोखराको रंगमञ्चका विभिन्न उतार चढावका बारेमा बेलिविस्तार लगाए ।


नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको रंगमञ्चलाई जोगाइराख्ने चुनौती रहेको बताए । ‘रंगक्षेत्रमा निरन्तरतासँगै दर्शकको आर्कषण बढाउन आवश्यक छ’ उनले भने । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए । पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालन भएपछि विभिन्न २९ वटा नाटक मञ्चन भइसकेका छन् । यतिबेला नयाँ नाटक मञ्चन गर्न रिर्हसल समेत भइरहेको पोखरा थिएटरले जनाएको छ ।