ड्याट्सन ब्राण्डको ‘ड्याट्सन गो’ गाडी पोखरामा


पोखरा । ड्याट्सन ब्राण्ड गाडीको लागि गण्डकी धौलागिरी क्षेत्रको पोखरा स्थित बिक्रेताका थ्रिएस ट्रेड हाउसले ‘ड्याट्सन गो’ कारको नयाँ भर्सन अर्थात ‘अल न्यु ड्याट्सन गो’ आइतबारदेखि बिक्री वितरण सुरु गरेकोे छ ।

बजारमा ड्याट्सन गो गाडीक २४ लाख ९९ हजार रुपैयाँबाट २६ लाख ९९ हजार रुपैयाँसम्ममा विभिन्न ३ मोडलमा गाडीहरु बिक्री भइरहेको थ्रिएस ट्रेड हाउसका निर्देशक गोपाल बरालले जानकारी दिए ।

मध्यम वर्गलाई लक्षित गरी तयार पारिएका उक्त गाडीहरु नेपालको भौगोलिक वनावटमा सुहाउने खालका रहेको, जापानीज प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको उनले वताए ।

पेट्रोल इन्जिन, प्रतिलिटर १९.८६ किलोमिटर माइलेज दिने बाहिर हेर्दा स्पोर्टी तथा भित्र बस्नका लागि धेरै स्पेस भएको ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, बेस्टइन क्लास स्पेस तथा गतिशीलता प्रदान गर्ने कम्पनीको दावी रहेको छ ।

नयाँ ड्याट्सन गोमा २८ विभिन्न विशेषता तथा १०० प्लस अपडेट रहेका, फस्टइन सेगमेन्टमा एन्ड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्विल, पार्किङ सेन्सर, १८० को ग्राउण्ड क्लियरेन्स, २४५० को ह्विलबेस, २६५ लिटरको बुथस्पेस, ४.६ को टर्निङ रेडियस, १.२ लिटरको ३ सिलिण्डर जसको ६८ एचपी पावर र १०४ एनएम टर्क जेनेट गर्ने वरालले वताए ।