त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना


नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक एनआरएन डेस्क स्थापना गरिएको छ। 
बिहिवार विमानस्थल मै आयोजित एक समारोहमा औपचारिक रुपमा उक्त डेस्क स्थापना गरिएको हो।
सो कार्यक्रममा एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त तथा कुल आचार्यको पनि उपस्थिति थियो।

 गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा आएका अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग एनआरएनले गरेको अन्तर्कृयामा यो विषय उठेको  थियो। एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी,  महासचिव राजकुमार  त्रिपाठी लगायतले  अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र बुझाएका थिए । गत आईतबार मात्रै अध्यक्ष भवन भट्टले गृह  मंत्री रामबहादुर थापा लाई एक पत्र लेखी  एनआरएन डेस्क स्थापना गर्न अनुरोध गरेका थिए। 

डेस्क स्थापना गर्ने कार्य को समन्वय गरेका गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले यो अभियान मा सघाउने सबैलाई धन्यवाद दिएका छन्।उनले अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल, विभाग का  अन्य अधिकृत हरु लगाएत सबै लाई धन्यवाद दिदै केन्द्रिय अध्यक्ष भवन भट्ट  तथा आइसीसीका सबै पदाधिकारी साथिहरुको पहल तथा सहयोगको आफुले सम्मान गरेको जनाएका छन्।

अब संसार भरि रहनु भएका सबै गैर आवासीय नेपाली मित्रहरुको नेपाल यात्रा सुखद र झन्झटमुक्त हुने मैले  विश्वास लिएको छु, उनले भने। यस अघि  बागमती नदी किनारमा एनआरएन शंखमुल पार्क बनाउन सक्रिय भूमिका निर्वाह गरेका कारण पनि आचार्य चर्चामा आएका थिए।