मोतिबिन्दु उपचारका लागी पोखरा फाइनान्सको सहयोग


पोखरा । २१ औं नेत्र ज्योति दिवसको अवसरमा पोखरा–९, न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आवारोड स्थित भैरहवा शाखाले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्रीरणअम्बिका शाह आँखा अस्पताललाई ५० हजार सहयोग गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सागर प्रताप राणाले चेक ग्रहण गर्दै उपलब्ध रकम विपन्न बर्गका विरामिहरुलाई मोतियाबिन्दु अप्रेसनमा खर्च गर्ने वताउदै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको वताए ।

कार्यक्रममा भैरहवा शाखाका शाखा प्रमुख शिवप्रसाद खनालले बैकको सामाजिक उत्तरदायित्व अन्र्तगत आँखा अस्पतालाई उक्त रकम हस्तान्तरण गरेको बताउदै आगामी दिनमा समेत सोही किसीमका कार्यक्रम गर्दै जाने वताए ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञचालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु काठमाण्डौको गोंगवु र ललितपुरको मानभवन कुमारी पाटी बजार क्षेत्रमा एवं एक एक्सटेन्सन काउण्टर कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा स्थापना गरिने वित्तीय संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुञ्ले वताए ।