नेशनल क्रियसनमा आँखा तथा दन्त परिक्षण


पोखरा । पोखरा–८ नागढुङ्गास्थित नेशनल क्रियसन एकेडेमी बोर्डिङ्ग स्कुलको आयोजनामा बिहिबार विद्यालय प्राङ्गणमा निशुल्क आँखा तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल तथा डक्टर्स क्लिनिकको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

५ सय ८१ जानाले आँखा परिक्षण गरे भने ५ सय ५२ जनाको दाँत परिक्षण गरिएको विद्यालयका संस्थापक समेत रहेका कार्यक्रम संयोजक विक्रम थापाले जानकारी दिए । आँखा तथा दाँत परिक्षण पछि औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापालको अध्यक्षतामा सम्पन्न भएको हो । विद्यालयले हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।