अन्तराष्ट्रिय फेसन विकको तयारीमा साइकल ¥याली


राजाराम पौडेल, पोखरा – नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फेसन विक नेपाल पोखराको तयारी तिव्र पारिएको छ । पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा फेसन विक हुन लागेको हो । फेसन विकको प्रचारप्रसारको लागि शनिबार पोखरामा साइकल ¥यालीको आयोजना गरियो । पोखरा सभागृहबाट सुरु भएको ¥याली हेम्जासम्म पुगेको थियो । साइकल सिटि पोखरा र विष्णु पादुका क्लब हेम्जासँगको सहकार्यमा साइकल ¥याली गरिएको हो ।


द काठमाण्डौ पोष्टको प्रस्तुतीमा फेसन विक यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म न्युरोड भाटभटेनीमा रहेको पाेखरा स्काई स्र्पोटस्मा आयोजना हुनेछ । फेसन विकमा नेपालभरका २० जना महिला र ५ जना पुरुष गरी कुल २५ जना मोडलहरु ¥याम्प वाल्कमा उत्र्रनेछन् । यसका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभुषा स्थानिय मोडलबाट प्रर्दशन गरिनेछ ।
गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल आदीले कार्यक्रमको रौनतका थप्नेछन् । कल्चरल नृत्य समेत तहाँ हेर्न पाइनेछ । तीन दिनसम्म हरेक साँझ ६ बजेबाट राती ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क पाँच सय तिनुपर्नेछ । डिनर सहितको लागि दुई हजार रुपैयाँ शुल्क लाग्नेछ ।


फेसन विकका लागि चैत्र २० गते कोरियोग्राफर र मोडल पोखरा आइपुग्ने छन् । २१ गतेबाट ट्रेनिङ हुनेछ । फोटो सुट समेत पोखरामा गरिने तयारी गरिएको आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दिपक न्यौपानेले जनाए । ‘यो अन्तराष्ट्रिय स्तरको फेसन सो हो, हलिउडका ज्वलरी डिजाइनर मोना श्राफ सहित हङकङ, मलेसिया, भारतबाट समेत डिजाइनर सहभागी हुनेछन्’ उनले भने । फेसन विकमा नेपाली संस्कृति झल्कने खालका भेषभुषालाई महत्व दिदै प्रर्दशन गरिनेछ । यसले अन्तराष्ट्रिय फेसन विकमा जान नेपालीलाई अवसर सिर्जना गर्ने अपेक्षा आयोजकको छ । कलात्मक डिजाइनमा सजिदै मोडलहरुले देखिनेछन् । हरेक दिन ६ वटा सिक्वेन्समा ६० वटा पहिरनमा डिजाइनरले सजाएर मोडललाई उतार्ने आयोजकको तयारी छ । कार्यक्रमले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पु¥याउने आयोजकको विश्वास छ ।

तपाईको प्रतिक्रिया