कार्यबाहक राजदूत पौडेलले क्याटालोनियाका परराष्ट्र अधिकारीहरुसँग भेटबार्ता गर्दै


हरीहर कान्त पौडेल

बार्सिलोना। स्पेनको क्षेत्रीय सरकार क्याटालोनियाका परराष्ट्र अधिकारीहरुसँग नेपाली राजदूताबास म्याड्रिडका कार्यबाहक राजदूत हरिहरकान्त पौडेलले छलफल तथा भेटबार्ता गर्ने भएका छन्। सोमबार दिउँसो क्याटालोनियाका अधिकारीहरुसँग उनले बार्सिलोनामा भेटबार्ता गर्न लागेका हुन्।

भेटबार्ताका लागि सोमबार दिउँसो ४ ३० बजे देखि ५:३० बजेसम्म समय तय भईसकेको पौडेलले बताए। स्पेनमा नेपाली राजदूताबास स्थापना भएपछि क्याटालोनिया सरकारका अधिकारीहरुसँग औपचारिक भेटबार्ता हुन लागेको यो पहिलो पटक हो।

१० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको स्पेनमा झन्डै आधा संख्यामा नेपालीहरु क्याटालोनिया क्षेत्रमा रहदै आएका छन्। नेपाली समुदायका समस्याहरुलाई समाधानका लागि पनि दुईपक्षिय सम्बन्ध बिस्तारले सहयोग पुग्ने हुँदा भेटबार्ताको कार्यक्रम तय भएको दूताबासले जनाएको छ।

स्रोतका अनुसार एनआरएनए स्पेन र राजदूताबासको सहकार्यमा पर्यटन प्रवद्वनका लागि “नेपाल डे” कार्यक्रमको तयारी थाल्ने बताईएको छ।  

यसैबिच गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय स्पेनको पहलमा बार्सिलोनामा घुम्ती शिविर हुने भएको छ। कार्यबाहक राजदूत पौडेलको उपस्थितिमा एनआरएनएन कार्यलयमा घुम्ती शिबिर संचालन हुने संघले जनाएको छ।

संघका अध्यक्ष चिन्तामणी सापकोटाले भने,”मार्च ३१ तारिख आईतबार राहदानी लगायत अन्य कागजी प्रक्रियाका लागि उपस्थित हुन नेपाली समुदायलाई अपिल गर्दछु।”