राहदानी बनाउँनु छ ? बार्सिलोनामा दूताबासको टोलि छ,मौकाको फाईदा लिनुहोस्।



बार्सिलोना। नेपाली राजदूताबास म्याड्रिडले राहदानी लगायत कन्सुलर कामको लागि बार्सिलोनामा सेवा उपलब्ध गराएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पहलमा दूताबासले सेवा उपलब्ध गराएको हो। आईतबार मात्रै एनआरएनए स्पेनको कार्यालयमा राहदानीका लागि ३१ वटा फारामहरु संकलन भएका छन्।

संघका अध्यक्ष चिन्तामणि सापकोटाले बार्सिलोनाबासी नेपालीहरुलाई मौकाको फाईदा लिन अनुरोध गरेका छन्। उनले भने,” अप्रिल २ तारिख पनि एनआरएनए कार्यलयमा दूताबासबाट कन्सुलर सेवा प्रदान हुन्छ। बिहान १० बजे देखि १२ बजेसम्म कार्यालय आउँन अनुरोध गर्दछु।” कार्यबाहक राजदूत हरिहरकान्त पौडेलको उपस्थितिमा नै एनआरएनए स्पेनको कार्यलयमा गत आईतबार पनि कन्सुलर सेवा प्रदान गरिएको थियो।

यसैबीच कार्यबाहक राजदूत पौडेल सहितको एक टोलीले स्पेनको क्षेत्रीय सरकार क्याटालोनियाका परराष्ट्र अधिकारीहरुसँग सोमबार भेटबार्ता गरेको छ।  बार्सिलोनामा रहेका नेपाली समुदायको हितको लागि क्याटालोनियाका परराष्ट्र अधिकारीहरुसँग भेटबार्ता भएको दूताबासले जनाएको छ।

क्याटालोनिया क्षेत्रमा मात्र ५-६ हजारको संख्यामा नेपालीहरुको बसोबास रहेको अनुमान छ। यति ठुलो नेपाली समुदाय रहेको क्षेत्रमा कुनै पनि आपतकालिन घटना वा दुर्घटना भएमा यहाँको स्थानीय सरकारसँग समन्वय गर्ने बाताबरण तय भएको सहभागीहरुले बताएका छन्।