कास्की समाजद्वारा नयाँ बर्षको उपलक्ष्यमा भित्तेपात्रो बिमोचन



बार्सिलोना/ कास्की समाज स्पेनले नेपाली नयाँ बर्षको उपलक्ष्यमा भित्तेपात्रो बिमोचन गरेको छ। नयाँ बर्ष २०७६ को  शुभकामाना आदानप्रदान गर्दै गत बर्ष जस्तै यसपटक पनि भित्तेपात्रो ल्याएको हो।

नेपाली राजदूताबास म्याड्रिडका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यतामा समाजले कार्यक्रमको आयोजना गर्यो। कार्यवाहक राजदूत पौडेलले समाजले गर्दै आएका कामहरुको प्रंशसा गर्दै निरन्तरताको लागि शुभकामाना दिए। उनले भने,”यहाँहरुले बर्षभरि गर्नुभएका कामहरु प्रस्तुत गर्नुभयो। अति नै प्रंशसनिय लाग्यो,यसरी नै समुदायको हितका लागि निरन्तर लाग्नुहोस्।”

प्रमुख अतिथि पौडेल सहित बिशेष अतिथिहरु एनआरएनए आईसीसी सदस्य द्वय मुक्त वहादुर गुरुङ,शितल भुर्तेल भुसाल,एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा र समाजका अध्यक्ष केदारनाथ ढुंगानाले संयुक्त रुपमा भित्तेपात्रोको बिमोचन गरेका थिए।

बिभिन्न संघसंस्थाका अध्यक्षहरु लगायत प्रतिनिधिहरुले बोल्दै समाजले गर्दै आएका कामहरुको मुक्तकष्ठले प्रंशसा गरे।आईतबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा समाजका बिभिन्न गतिबिधिहरुमा सहयोग पुर्याउने केहि व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो।  भित्तेपात्रोका लागि सहयोग गर्नेलाई धन्यबाद सहित समाजले प्रंशसा पत्र प्रदान गरेको गर्यो।

श्रब्य तथा भिडियो दृश्य मार्फत समाजले गत बर्ष सम्पन्न गरेका कामहरुको प्रगतीबिबरण प्रस्तुत गर्यो भने नयाँ कार्ययोजनाका बारेमा पनि जानकारी गराईएको थियो। यसअघि समाजले साधारणसभा समेत सम्पन्न गरेको थियो।

समाजका अध्यक्ष केदारनाथ ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव गोबिन्द तिमिल्सिनाले गरेका थिए।