फेसन विकको लागि कोरियोग्राफर र मोडल पोखरा आइपुगे


राजाराम पौडेल, पोखरा- पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फेसन विक नेपाल पोखराको लागि कोरियोग्राफर र मोडल बुधबार पोखरा आइपुगेका छन् । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा फेसन सप्ताह हुन लागेको हो । फेसन विकका लागि हलिउडका ज्वलरी डिजाइनर मोना श्राफ सहित कोरियोग्राफर र मोडल पोखरा आइपुगेका हुन् । उनीहरुलाई पोखरा विमानस्थलमा स्वागत गरियो । अब बिहिबारबाट ट्रेनिङ सुरु हुनेछ ।


द काठमाण्डौ पोष्टको प्रस्तुतीमा फेसन विक यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म न्युरोड भाटभटेनीमा रहेको पोखरा स्काई स्र्पोटस्मा आयोजना हुनेछ । फेसन विकमा नेपालभरका २० जना महिला र ५ जना पुरुष गरी कुल २५ जना मोडलहरु ¥याम्प वाल्कमा उत्र्रनेछन् । यसका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभुषा स्थानिय मोडलबाट प्रर्दशन गरिनेछ ।
गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल आदीले कार्यक्रमको रौनतका थप्नेछन् । कल्चरल नृत्य समेत तहाँ हेर्न पाइनेछ । तीन दिनसम्म हरेक साँझ ६ बजेबाट राती ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क पाँच सय तिनुपर्नेछ । डिनर सहितको लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दिपक न्यौपानेले जनाए ।