‘फेसन विक’का मोडलको तालिम सुरु


राजाराम पौडेल, पोखरा- अन्तराष्ट्रिय फेसन विक नेपाल पोखरामा सहभागी हुने मोडलहरुको तालिम बिहिबारबाट सुरु भएको छ । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा पोखरामा फेसन विक हुन लागेको हो । फेसन विकमा पोखरा, काठमाण्डौमा, हेटौडा, चितवन, विराटनगरका २१ जना महिला र ५ जना पुरुष गरी कुल २६ जना सहभागी हुदैछन् । उनीहरुका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभुषा स्थानिय मोडलबाट प्रर्दशन गरिनेछ । तालिम चैत्र २७ गतेसम्म जारी रहनेछ ।
द काठमाण्डौ पोष्टको प्रस्तुतीमा फेसन विक यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म न्युरोड भाटभटेनीमा रहेको पोखरा स्काई स्र्पोटस्मा आयोजना हुनेछ ।


गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल आदीले कार्यक्रमको रौनतका थप्नेछन् । कल्चरल नृत्य समेत तहाँ हेर्न पाइनेछ । तीन दिनसम्म हरेक साँझ ६ बजेबाट राती ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क पाँच सय तिनुपर्नेछ । डिनर सहितको लागि दुई हजार रुपैयाँ शुल्क लाग्नेछ ।


फेसन विकका लागि कोरियोग्राफर र मोडल बुधबार पोखरा आइपुगेका हुन् । बिहिबारबाट साइमन पार्टी प्यालेसमा उनीहरुको तालिम सुरु भएको छ । ज्वलरी डिजाइनर मोना श्राफ सहितको टिमले तालिम प्रदान गर्नेछ । उनीहरुको फोटो सुट समेत पोखरामा विभिन्न ठाउँमा गर्नेे तयारी गरिएको आयोजकले गरेका छन् । तीन दिने फेसन विकमा कुल २१ वटा सिक्वेन्स हुनेछन् । मोडललाई आर्कषक बनाउन १९ जना डिजाइनर खटिनेछन् । यो अन्तराष्ट्रिय स्तरको फेसन सो भएको आयोजकको दावी छ । गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पु¥याउन पोखरामा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाए । कार्यक्रमलाई भव्य बनाउन तयारीमा समेत तिव्रता दिइएको आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दीपक न्यौपानेले बताए ।