रुपा गाउपालिकामा ६५ दिने कुक तथा कडाई तालिम


पोखरा । पोखरा प्राबिधिक शिक्षालयको आयोजना, रुपा गाउँपालिका वडा नं. ६ र ध्रुबतारा क्लबको संयोजनमा निशुल्क कमर्सियल कुक र हाते कडाइ तालीम शुक्रबारदेखि सुरु भएको छ ।

तालिमको उद्घाटन रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गरेका छन् । रुपा गाउँपालिकाको पर्यटन विकासलाई टेवा पुर्याउने हेतुले रुपा गाउँ पालिका वडा नम्बर ६ कार्यालय र क्लबले यस भित्रका समुदायलाई उद्यमी बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा सिटिईभिटि पोखरा प्रमुख जीवन भन्डारीले प्रशिक्षार्थीले ब्यबहारिक सीपलाई महत्वपूर्ण रुपले ग्रहण गर्नु पर्ने वताए । ६५ दिनसम्म चल्ने उक्त तालिममा ६० जनाको सहभागिता रहेको छ।

सो अवसरमा क्लब अध्यक्ष प्रेम कुमार खड्काले तालिम उपलब्धिमुलक गराउन आआफ्नो ठाउँबाट लाग्नु पर्ने वताएका थिए ।

रुपा–६ का वडा अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लब उपाध्यक्ष त्रीबिक्रम केसिले स्वागत र सचिब मोहमद मियाँले सञ्चालन गरेका थिए ।