१५ बुँदे घोषणापत्र सहित ‘टिर्चस इन पोखरा’ सम्पन्न


पोखरा । राष्ट्रिय शिक्षक शीप विकास फाउन्डेशन कास्कीको आयोजना तथा कर्मफ्लाइटस् फाउन्डेशन कास्की र भास्कर ममोरियल स्कूलको सहआयोजनामा भएको शिक्षक तालिम तथा कार्यशाला गोष्ठी ‘टिर्चस इन पोखरा’ १५ बुदें घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

गत चैत्र १९ देखि २१ सम्म सम्पन्न सम्मेलनमा गण्डकी प्रदेश अन्र्तगत, कास्की, तनहुँ तथा बाग्लङ्गका ६० विद्यालयका १२० जना शिक्षक तथा ४० जना प्राचार्यहरुले कार्यशालामा सहभागिता रहेको थियो ।

तालिममा नेपालका शिक्षविद् प्रा.डा. विद्यानाथ कोईराला, केपिज विश्वविद्यालय नेदरल्याण्डका प्राध्यापकद्वय यान हाइमन्स तथा बट टोलले क्रमश नेपालका वर्तमान सन्दर्भमा राष्ट्रिय तथा स्थानिय पाठयक्रमका ढाँचा २१ औं शताब्दीमा शिक्षा तथा विद्यालय एक नैतिक समुदाय विषयमा कार्यपत्र तथा किनोट प्रस्तुत गरेका थिए ।

फरक फरक विषयमा कार्यशाला गोष्ठी तथा नेतृत्व विकास, विषयमा विशेष प्रशिक्षण केपिज विश्व विद्यालयका डाईरेक्टर यान हाइमन्सबाट प्रदान गरिएको टिआइपी कार्यक्रम २०१९ का प्रवक्ता युवराज त्रिपाठीले बताए ।

अमेरिकाका अंगेजी भाषाका विशेषज्ञ स्टेफन एल एन्जन्सनले बहुभाषिक कक्षाकोठा, शिक्षक शशीधर बरालले कक्षा कोठामा डिजिटल लिटरेशी तथा बट टोल, निङको तथा केथीले संयुतm रुपमा सहकार्यत्मक कक्षा सिकाईका रणनितिहरु विषयमा शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

तालिममा आफूले सिकेका कुराहरु आआफना विद्यालयमा कसरी कार्यन्वयनमा लैजाने, त्यसका चुनौती तथा कसरी समाधान गरेर जान सकिन्छ भन्ने वारेमा प्रस्तुतीकरण गरिएको आयोजक विश्वराज बास्तोलाले बताए ।

पोखरा घोषणापत्रका संयोजक तथा संस्थाका सचिव प्रेमबहादुर कुँवरले समग्र सम्मेलनका भावना र सव सहभागीताका ऐक्यवद्धता तथा विषयविज्ञहरुका महत्वपूर्ण योगदानबाट पारित १५ बँुदे घोषणापत्र वाचन गरेका थिए भने विषय विज्ञ, आयोजक तथा सहभागीहरुका प्रतिनिधित्व सहितको हस्ताक्षर गरी घोषणापत्र सार्वजनिक गरिएको थियो ।

घोषणापत्र आयोजक तथा केपिज विश्वविद्यालयका विज्ञ, नेपालका शिक्षा विदहरुको समेत संलग्नतामा तयार पारि शैक्षिक समुदाय तथा निति निमाण तयार पार्न निकायसम्ममा एउटा ताकतदार सन्देशका रुपमा पु¥याउन र शिक्षालाई अझ आधुनिक गरि परिवर्तनलाई आत्मा साथ गर्दै २१ औं शताब्दीका चुनौतीहरुलाइ आत्मा साथ गर्न विश्व नागरिक तयार पार्ने अभियानमा यसको महत्वपूर्ण भुमिका रहनेमा टि आइ पी कार्यक्रममा कार्यक्रम सञ्चालक युवराज त्रिपाठीले बताए ।

संस्थाका आगामी तालिम शिवशतिm क्याम्पस, पूmलबारी पोखरामा दशैं तिहारको तथा चैत्र वैशाखका समयमा हुने तथा सो कार्यक्रम शिवशतिm क्याम्पस र केपिज विश्वविद्यालयका बिचमा भएका एक आपसमा शैक्षिक आदानप्रदान गर्न सम्झौता अनुसार हुने शिवशतिm क्याम्पसका अध्यक्ष दामोदर बास्तालाले बताए । स्मरण रहोस् हाल टि आइ पी कार्यक्रमको पूर्व सन्ध्यामा गत चैत्र १७ गते विशेष समारोहका विचमा शिवशतिm क्याम्पस र केपिज विश्व विद्यालयका पदाधिकारीको विचमा शैक्षिक कायक्रम आदान प्रदान सम्वन्धि सम्झौता भएको थियो ।