स्पिड एफएमद्धारा दोहोरी गायक सम्मानित


पोखरा । पोखरा–२२, पुम्दी भुम्दीमा रहेको स्पीड एफएमले दोश्रो वर्षमा प्रवेशको अवसरमा आयोजित खुल्ला दोहोरी गीत प्रतियोगितामा लोक दोहोरी गायकहरुलाई आइतबार सम्मान गरेको छ ।

दुई दिन सम्म चलेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । उनले सो अवसरमा तिन लोक गायक जिवन दाहाल, तारापति सुवेदी र सीता केसीलाई सम्मान पत्रले सम्मान गरेका थिए ।

समापन कार्यक्रमका प्रमुअ अतिथि प्रदेश सांसद राजिव पहारीले विकास निर्माणमा रेडियोका महत्वपुर्ण भूमिका रहने वताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसायीक हुनु पर्ने वताए ।
सो अवसरमा पोखरा २२ का वडा अध्यक्ष मित्रलाल वराल, पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, पोखरा २२ का वडा सदस्य मातृका वराललगायतले वोलेका थिए ।

कार्यक्रममा लोक गायकहरु शंकर विरही गुरुङ, टेक केसी, कुमार पुन, तुल्सा क्षेत्री लगायतले लोक गीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रथमलाई २० हजार, दोश्रोलाई १५ हजार, तेश्रोलाई १० हजार र चौंथोलाई ५ हजार नगदका साथै प्रमाणपत्र र उत्कृष्ठ नृत्य गर्नेलाई कुखुराको भाले पुरस्कार स्वरुप प्रदान गरिएको स्टेशन म्यानेजर ऋषिराम दाहालले वताए । कार्यक्रम संचालन कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ र ऋषिराम दाहालले गरेका थिए ।