गण्डकी बैंकद्धारा बाराही माविमा छात्रवृत्ति प्रदान


पोखरा । गण्डकी विकास बैंक लि.ले विहीबार बाराही माध्यामिक विद्यालय, पोखरा ५ पस्र्याङ्गका ३ जना गरिव तथा जेहेन्दार विधार्थीहरुलाई प्रति विधार्थी रु ३५०० का दरले रु १० हजार पाँच सय छात्रवृति प्रदान गरेको छ ।

सो कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्राचार्य श्री शिव प्रसाद भण्डारी, अभिभावक, विधार्थी तथा सम्पूर्ण शिक्षकहरुको उपस्थीति रहेको थियो भने बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ्ग शाखा प्रमुख प्रमोद ओझाको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल र प्राचार्य शिवप्रसाद भण्डारीले गण्डकी विकास बैंकले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले सो छात्रवृत्ति हस्तान्तरण गर्दै पछिल्ला समयमा देशभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको र बाराही विद्यालयको पनि राम्रो हुदै जाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए । साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने बताए ।