प्रिती आले र कृष्ण काफ्लेसँगै बार्सिलोनामा नयाँ बर्ष



बार्सिलोना। नेपाली  जनसम्पर्क समिति स्पेनले नयाँ बर्षको उपलक्ष्यमा बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ। हरेक बर्ष जस्तै यसपटक पनि समितिले नेपाली नया बर्ष स्पेनबासी नेपाली समुदाय माँझ मनाउन लागेको हो। आईतबार बार्सिलोनामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको समितिका महामन्त्री रामप्रसाद सापकोटा “बिराज”ले जानकारी दिए।

शुभकामाना आदानप्रदान सहित हुने सास्कृतिक कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु प्रीति आले तथा कृष्ण काफ्लेले बिशेष प्रस्तुति राख्ने भएका छन्। कायर्क्रममा ईनास स्पेन,लोकदोहोरी प्रतिष्ठान युरोप,नेपाली पाठशाला बार्सिलोना लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमबारे पूर्ण बिबरण

मिति:- अप्रिल १४ तारिख,२०१९ आईतबार

स्थान:-पब्लेसेकको हल,calle villadomat 2,08015 barcelona

समय:- दिउँसो ४:३० बजे

प्रबेश शुल्क :- १० युरो