कर्मचारीले स्थायी सरकारको भूमिका निर्वाह गर्नुपर्नेः प्रा.डा. क्षेत्री


पोखरा । कर्मचारी भने देशका स्थायी सरकार हुन्, उनिहरुले नै जनताको सेवा इमान्दारीता पुर्वक गर्नुपर्ने इतिहास् विद् प्रा.डा.दिलबहादुर क्षेत्रीले वताएका छन् ।

पृथ्वीनारायण क्याम्पस पोखराका पुर्वप्रमुख प्रा. डा. क्षेत्रीले कस्केली अधिकृत समाज कास्कीको आयोजनामा आईतबार सम्पन्न नयाबर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर वितरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सो वताएका हुन् ।

उनले सरकारी कर्मचारीहरु भनेका नेताहरुका पनि गुरु हुन्। नेताहरुलाई प्रशासनिक कुरा थाहा भए पनि कर्मचारीलाई जति ज्ञान नहुन सक्छ । त्यसैले जनताको हितमा हुने काम गर्दा कर्मचारीहरुले आफ्नो दक्षता र क्षमताद्धारा नेताहरुलाई आवश्यक सरसल्लाह दिनुपर्ने वताए ।

हरेकवर्ष नयाँवर्षको अवसरमा शुभकामना कार्यक्रमका साथमा केहि स्वाथ्य सम्बन्धि जनचेतना प्रशिक्षण दिदैं मनाएकोमा यस वर्ष मधुमेह तथा थायराइड रोग सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले वताए ।

एक सदस्यले अर्का सदस्यहरुलाई पुष्प गुच्छा प्रदान गरी नयाँ तरिकाले नयाँवर्षको शुभकामना आदान प्रदान गरी कार्यक्रम मनाईएको सचिव लोकनाथ दवाडीले वताए ।

स्वास्थ सम्बन्धि प्रशिक्षण समाजका आजीवन सदस्य एवं मधुमेह तथा थायराइड रोग विषेशज्ञ डा. मनोज कोइरालाले प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रवल जनसेवाश्री पदकद्धारा विभुषीत भएका समाजका आजीवन सदस्यहरु महेशप्रसाद पौडेल, विष्णुप्रसाद खनाल र मोहनबहादुर थापालाई बधाई तथा शुभकामना पत्रद्धारा सम्मान व्यक्त गरिएको थियो।

सम्मानितहरुको तर्फबाट वोल्दै महेशप्रसाद पौडेलले समाजको सम्मानले जनताको सेवामा सर्मपित हुन हौसला तथा प्रेरणा मिल्ने वताए ।

‘कस्केली अधिकृत समाजको विशेषता, सकरात्मक सहकार्य र भावनात्मक एकता’ भन्ने मुल नारा लिई २०६२ सालमा स्थापना भएको कस्केली अधिकृत समाजमा हाल कास्की जिल्लामा घरबास भई नेपाल सरकारको स्वामित्वमा रहेका संस्था वा नेपाल सरकारको अधिकृत स्तरिय ४ सय भन्दा वढि कर्मचारी आबद्ध रहेका छन् ।

समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले र संचालन सचिव लोकनाथ दवाडीले गरेका थिए ।

तपाईको प्रतिक्रिया