लायन्स लेक भ्यालीको अध्यक्षमा कोइराला


पोखरा । लायन्स क्लब अफ पोखरा लेकभ्यालीको मंगलबार भएको निर्वाचनले राजेन्द्र कोइरालाको अध्यक्षतामा लायन वर्ष २०१९/२० को लागि नयाँ कार्य समिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा रामप्रसाद गौतम, द्धितिय उपाध्यक्षमा श्याम लामिछाने, तृतीय उपाध्यक्षमा विनोद तिमिल्सिना, सचिवमा चिन्तामणी पोखरेल, कोषाध्यक्षमा शेरबहादुर अधिकारी, एलसिआई कोअर्डिनेटरमा गोपाल संग्रौला चयन भएका छन् ।

त्यसै गरी क्लबको कम्युनिकेसन चियर पर्सनमा रेवतीरमण पहारी, मेम्बरसीप चियर पर्सनमा राजु दाहाल, टेल टुइस्टरमा अशोक पराजुली, क्लब व्यवस्थापन संयोजक हरी भण्डारी र डाइरेक्टरमा तारानाथ पहारी चयन भएका छन् ।

क्लबका अध्यक्ष डम्बर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव श्याम लामिछानेले गरेका थिए ।