जनसम्पर्क समिति नर्वेको अधिवेशनलाई गगन थापाले सम्बोधन गर्दै



ओस्लो। नेपाली जनसम्पर्क समिति नर्वेको तेस्रो अधिवेशनलाइ नेपाली कांग्रेसका गगन थापाले सम्बोधन गर्ने भएका छन्। ओस्लोमा आईतबार हुने अधिबेशनलाई  युवा नेता थापाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न लागेका हुन्।

अप्रिल २८ तारिख आईतबार हुने अधिबेशनका लागि युरोपभर कांग्रेस समर्थकहरु नर्वेको राजधानी ओस्लोमा आईपुगेका छन्। नेपाली जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र शाहीका अनुसार नेपाली कांग्रेस केन्द्रिय समितिले केन्द्रिय प्रतिनिधीको रुपमा अधिवेशन सम्पन्न गराउन जनसम्पर्क समिति बेलायतका अध्यक्ष युबराज गुरुङ्लाई तोकेको छ।

अधिवेशनको लागि डेनमार्क, बेल्जियम लगायत युरोपका बिभिन्न देशहरुबाट प्रतिनिधीहरु अहिले ओस्लोमा छन्। कांग्रेस युवा नेताले सम्बोधन गर्ने हुँदा अधिबेशनलाई निकै चासोपूर्वक हेरिएको छ।