काँग्रेस युवा नेता गगन थापा युरोपमा



ओस्लो। नेपाली नेपाली कांग्रेसका युवा नेता गगन थापा युरोप आईपुगेका छन्। नेपाली जनसम्पर्क समिति नर्वेको तेस्रो अधिवेशनलाइ सम्बोधन गर्न उनि आईतबार दिउँसो ओस्लो आईपुगेका हुन्। नेता थापालाई युरोपका कांग्रेसीहरुले बिमानस्थलमा स्वागत गरेका थिए।

प्रतिनिधिसभाका सांसद समेत रहेका थापाले आईतबार जनसम्पर्क समिति नर्वेको तेस्रो अधिवेशनलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दैछन्। अधिवेशनको लागि डेनमार्क, बेल्जियम लगायत युरोपका बिभिन्न देशहरुबाट काँग्रेस समर्थकहरु यतिबेला ओस्लोमा छन्। कांग्रेस युवा नेताले सम्बोधन गर्ने हुँदा अधिबेशनलाई निकै चासोपूर्वक हेरिएको छ।

नेपाली जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र शाहीका अनुसार नेपाली कांग्रेस केन्द्रिय समितिले केन्द्रिय प्रतिनिधीको रुपमा अधिवेशन सम्पन्न गराउन जनसम्पर्क समिति बेलायतका अध्यक्ष युबराज गुरुङ्लाई तोकेको छ। अधिबेशन आज साँझ ओस्लोमा हुँदैछ।