न्यू मोडल डाइनामिकमा नवआगन्तुक विद्यार्थीलाई स्वागत


पोखरा—८, नागढुंगा अवस्थित न्यू मोडल डाइनामिक ऐकेडेमीले नव आगन्तुक विद्यार्थीका लागी स्वागत तथा शुभकामना प्रदान कार्यक्रम गरेको छ ।

विद्यालयको कार्यपात्रो अन्तर्गत आयोजनामा गरिएको कार्यक्रममा प्राचार्य लक्ष्मण पोख्रेलले नव आगन्तुक बिद्यार्थीतिर इङकित गर्दै विगतका दिनमा जता जता भौतारिए पनि अहिले सहि स्थानमा आइपुगेको जिकिर वताउँदैे विद्यालयमा छिरेका विद्यार्थीहरु आफ्नो उज्जवल भविष्य नलिइकन नफर्कने दावा गरेका थिए ।

नव आगन्तुक विद्यार्थीलाई स्वागत र शुभकामना दिँदै सवैले आ–आफ्नो जिम्मेवारी पुरा गरेमा सफलता छिटो मिल्ने भएकाले सत प्रतिशत अनुशासनमा रहन सवैलाई निर्देशन समेत दिएका थिए ।

विद्यालय संरक्षक भरतराज गौतमले कार्यक्रममा भाबना सुवेदीको कविता, समिर गुरुङको गित लगायतका छात्राछात्रको प्रस्तुतिको मुक्त कण्डले प्रशंसा गर्दै विद्यालयले विद्यार्थी अभिभावकको भावना र समयको आवश्यक्ता अनुरुपका कार्यक्रम गर्दै आएकाले हाम्रो विश्वास गर्नै अभिभावकलाई धन्यवाद व्यक्त गरेका थिए ।

उनले कुनै पनि विद्यार्थी तथा अभिभावकलाई कुनै पनि प्रकारको असहजता भएमा निर्धक्क भई विद्यालय प्रशासनमा सम्पर्क राख्न अनुरोध गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गदै सम्पुर्ण विद्यालय परिवारलाई शैक्षिक सत्र २०७६ को पुर्ण सफलताको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य पद्म बस्ताकोटीले गरेका थिए ।