महिला शसक्तीकरण पहिलो प्राथामिकतामा अध्यक्ष गुरुङ


मादी गाउँपालिका वडानं ११का वडाध्यक्ष मित्रबहादुर गूरुङले आफ्नो वडामा महिला शसक्तीकरणलाई पहिलो प्राथामिकतामा राखेको बताउनु भएको छ । वडा कार्यालयको आयेजनामा भएको महिला शसक्तिकरण तथा सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले महिलाको लागि संविधानमै अधिकार भएपनि त्यसको पुर्ण कार्यान्वयन महिलाहरुकै सक्रियता बाट हुने बताउनु भयो ।

महिलाहरुको क्षमतावृद्धिको लागि वडाले सहकार्य गर्न तयार रहेको भन्दै महिलाको क्षेत्रमा आबश्यक हुने हरेक प्रकारको तालिमको लागि बजेट वियोजन गर्न वडा तयार रहेको बताउनु भयो । अध्यक्ष गुरुङले अर्को आर्थिक बर्षको लागि योजना माग हुने बेला भएकोले आफ्ना योजनाहरु लिएर आउनपनि आग्रह गर्नुभयो ।

गोष्ठीका प्रशिक्षक एवं पत्रकार घनश्याम पाण्डेयले महिला शसक्तीकरणले ब्यक्ति मात्रै नभएर समाजनै परिवतन हुने बताउनु भयो । अधिकासं ठाउँमा बजेट विनीयोजन भएका कार्यक्रम पनि स्थानीयले चासो नराख्दा हुन नसकेको भन्दै बजेट र कार्यक्रमको बारेमा सचेत रहन आग्रह गर्नु भयो । महिलाको क्षेत्रमा छुट्टीएको बजेट सोही क्षेत्रमा खर्च गर्नको लागि महिलाहरुनै सचेत हुनुपर्नेमा जोड दिनु भयो ।

सोही वडाका वडा सचिव युवराज तिमिल्सनाले समय परिवतन संगै महिलाहरुको लागि अधिकार पनि धेरै भएकोले अधिकार प्राप्तीको लागिपनि महिला शसक्तिकरण आबश्यक भएको बताउनु भयो । तालिममा सहभागी सविना गुरुङले एक दिनको तालिममा पनि आफुले धेरै कुरा सिक्ने अबसर पाएको भन्दै तालिममा सिकेको कुरा ब्यवहारमा लागु गर्ने बताउनु । उहाँले टोल टोलमा शसक्तीकरण आबश्यक रहेको भन्दै आगामी योजनामा समेटन वडा संग आग्रह गनुभयो । कार्यक्रममा ९ वटा टोलबाट ४५ जना महिलाहरुको सहभागीता रहेको थियो ।