छोरेपाटन माविमा शिक्षक अभिभावक संघ गठन


पोखरा । पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित करिब २२ सय बिद्यार्थी तथा ९५ जना शिक्षक कर्मचारीहरु रहेको छोरेपाटन माध्यामिक विद्यालयमा बुधबार बसेको अभिभावक भेलाले रविलाल सुबेदीको अध्यक्षतामा शिक्षक अभिभावक संघ सर्वसम्मत रुपले गठन गरेको छ ।

संघमा इन्द्रबहादुर खत्री, रीता सुवेदी ढकाल, गुप्तबहादुर गुरुङ, गीता परियार, सविता भण्डारी सुवेदी, भवानी भट्टराई र पद्मकुमारी पौडेल सदस्य रहेका छन् ।

सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष तिर्थराज अधिकारी, वडा शिक्षा समिति सदस्य चिजकाजी गुरुङ्ग, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानाध्यापक लक्ष्मण थापा लगायत अतिथिहरुले सर्वसम्मत रुपमा चयन भएका पदाधिकारीहरुलाई वधाई तथा शुभकामना दिदैं विद्यालयको प्रगतिको लागि सवै एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।

त्यस अवसरमा नवनियुक्त अध्यक्ष रविलाल सुवेदीले विद्यालयको हरेक पक्षमा सक्रिय रुपमा सहभागी भै आफ्नो टिमले उल्लेख्य कार्य गर्न अग्रसर रहने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरी विद्यालयका शिक्षकहरुको बिहिवार वसेको बैठकले शिक्षक अभिभावक संघको शिक्षक प्रतिनिधिका रुपमा विद्यालयका शिक्षक दिपेन्द्र प्रसाद बस्ताकोटीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

विद्यालय व्यावस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक डिल्लीराम शर्माले गरेका थिए ।