न्यू मोडेल डाइनामिकमा ‘आमा’ नाटक मञ्चन


पोखरा । मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा पोखरा–८ नागढुङ्गामा अवस्थित न्यू मोडेल डाइनामिक एकेडेमीका विद्यार्थीहरुले आमा नाटक मञ्चन गरेका छन् ।

विद्यालयकी अभिनय संयोजक सुनिता पौडेलले कक्षा नौका गायत्री गौतम, एन्जल बस्ताकोटी जानुका श्रेष्ठ, निहान्त सुनार, सुशान्त पौडेल लगायतका कलाकारहरुको सहयोगमा तयार पारिएको “आमा” शीर्षकको नाटक मञ्चन गरेका छन् ।

शैक्षिक सत्र २०७६ को लागि आयूष बस्ताकोटी, गायत्री गौतम, निश्चिल सुनार र प्रसान्त थापाको नेतृत्व क्रमशः निलो, रातो, हरियो र पहँेलो सदन गठन गरियो ।

विद्यालयको गतिविधिलाई स्वतस्पूmर्त तुल्याउने उद्देश्यले गठन गरिने समितिका संयोजकहरुमा क्रमशः प्रह्रलाद गिरी, अतिरिक्त क्रियाकलाप, खेलकुद–विक्रम क्षेत्री, परिक्षा–रामकृष्ण गुरुङ्ग, रेडक्रस–प्रतिक्षा शर्मा, फोटोमा अभिषेक–मा.वि अनुशासन–घनश्याम पोखरेल, चित्र–अनिल नेपाली, नृत्य–रचना क्षेत्री, संगित–विजु गुरुङ्ग, अभिनय–सुनिता पौडेल, अंग्रेजी व्यवस्थापक–सनम लोहनी, आर्ट र क्रफ्ट–केशमाया गुरुङ्ग, सजावट–नारायणी कुँवर, सरसफाई–खरिलाल बस्ताकोटी, प्रथामिक उपचार– शान्त देवकोटा, संञ्चार–गोकुल नेपाली छनौट भएका छन् ।

त्यसै गरी तहगत संयोजकहरुका गोकुल नेपाली र घनश्याम पोखरेल मा.वि, शान्ता देवकोटा आधारभूत र नारायणी कुँवर पूर्व प्राथमिक तहमा छनौट भएका छन् ।

विद्यालयका प्राचार्य लक्ष्मण पोखरेलले विद्यार्थीमा विकास भएको क्षमताको प्रसंशा गर्दै यसले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । उनले सम्पूर्ण संयोजकहरुलाई आगामी दिनमा विद्यालयले हरेक क्रियाकलापमा नयाँ उचाई लिने विश्वास समेत व्यक्त गरेका थिए । कार्यक्रम सहायक प्राचार्य पदम बस्ताकोटीले संञ्चालन गरेका थिए ।