पोखरामा खरबुजाको व्यावसायिक उत्पादन सुरु


तस्विर ः गुगलबाट

कृष्ण रानाभाट/पोखरा । पोखराका एक किसानले खरबुजाको व्यावसायिक खेती सुरु गरेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका पोखरा महानगरपालिका वडा नं. १७ निवासी भिष्मजी कार्कीले पोखरा–१७, फुर्से खोलामा व्यावसायीक खरबुजा उत्पादन गरेका हुन् ।

कास्की जिल्ला मै पहिलो पल्ट खरबुजा फलाएका कार्कीले खरबुजा मात्रै फलाएनन् त्यसै खेर गैरहेको फालिएको जग्गाको सदुपयोग पनि गरेर देखाएका छन् ।

जग्गा भाडामा लिएर खरबुजा खेती गरेका कार्कीेलाई पोखरा जस्तो स्थानमा खरबुजा खेती गर्ने भन्दा कसैले पत्याएका थिएनन् । कोही कोहीले त एउटा पागलले यहाँ खरबुजा खेती गरेको छ रे कता हो भन्दै सोध्दै आएका पनि वताए ।

अहिले ६ कठ्ठा जमिनमा लगाएको सरस्वती जातको खरबुजा करिब १२ हजार किलो फलेको उनले बताए ।किसानलाई बुझाउनै नसकिने तितो अनुभव सुनाउँदै करिब २५ जना कृषकलाई यस खेतीको बारेमा खवर गरेकोमा ७ जना मात्रै आएका र ति मध्ये जम्मा ३ जनाले मात्रै खेतीको लागि विउ लगेको वताए ।

पोखरामा खरबुजाको माग अत्याधिक भएपनि यसको खेती तर्फ कसैले चासो नदिएकोमा उनलाई दुखेसो छ भन्छन् हामी आफुले कहाँ केको माग र आवश्यकता छ त्यहाँ त्यही अनुसारको खेती गर्न सकिरहेका छैनौं ।

कास्की जिल्लाको एकमात्र कृषि उपज वजार संचालक समितिका अध्यक्ष कुमार लामाले यो सिजनमा दैनिक ५० देखि ६० टन खरबुजा विक्रि गर्दै आएको वताए ।