तालीम लिए पछि व्यवसायी हुन आवश्यक – भण्डारी


कृष्ण रानाभाट/पोखरा । अचेल तालीम लिने धेरै छन् तर ब्यवसायी भएको कमै सुनिन्छ ।पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवनप्रसाद भण्डारीले अब तामिल लिने मात्रै होइन, तालिम पछि व्यवसायी हुनु पर्ने वताएका हुन् ।

सोमबार पोखरा प्राविधिक शिक्षालय र औंद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको उद्यमसीलता तालिमको सुरुवात गर्दै उनले प्रदेश सरकारको युवालाई स्वरोजगार वनाउने उद्धेश्य अनुरुप कार्य गर्दै आएको वताए ।

दश दिनसम्म चल्ने उक्त तालिमा औंधोगिक ब्यबसाय बिकास प्रतिस्ठान गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख रामप्रसाद तिवारीले प्रशिक्षण दिने छन् ।

उनले तालिम पछी जागीर खाने भन्दा पनि जागीर दिने हुनुपर्छ भन्दै उद्दमशिलता बिकास तालीमले व्यवसायीक हुन सहयोग गर्नेछ ।

तालिममा पोखरा बिज्ञान तथा प्राविधिक बिद्यालयका विद्यार्थीहरु, ब्यवसाय सुरु गरेका ब्यबसायीहरुको सहभागिता रहेको छ ।